Jilla Ban Notis

रामग्राम महिला जेसिजले सुरु गर्यो जेसिज सप्ताह ।

0 24

गौरीशंकर जयसवाल

परासी १ पुस

रामग्राम महिला जेसिज परासीले विभिन्न कार्यक्रम सहित आज देखि जेसिज सप्ताहको सुरुवात गरेको छ । परासी स्थीत बालकल्याण समितिको सभाहलमा आज एक कार्यक्रममा रामग्राम नगरपालीकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले सप्ताहको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै नगरप्रमुख गुप्ताले सामाजिक संघ संस्थाले गर्ने यस्ता कार्यले समाजिक सचेतना बढाउन सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए । महिलाहरु अझै पनि निर्णय प्रक्रियामा पछाडी रहेको बताउदै अब अग्रसर भएर अगाडी आउनुपर्नेमा गुप्ताको जोड थियो । महिलाहरुलाई थप जागरुक बनाउन महिला जेसिजले आयोजना गरेको विभिन्न प्रशिक्षणले पनि सघाउ पुग्ने र सिकेका कुरा व्यवहारमा उतार्नुपर्नेमा उनले बताए । रामग्राम महिला जेसिजकि अध्यक्ष विमला सिंहको अध्यक्षतामा भएको कार्यक्रमा रामग्राम नगरपालीका वडा नम्बर ६ का वडाअध्यक्ष जितेन्द्र अग्रहरी, उपभोक्ता हित संरक्षण मंञ्चका केन्द्रिय सदस्य रामजि ज्ञवाली, लक्ष्मि क्षेत्री, सुरज पाण्डे, गिरिराज पाण्डे, शम्भु उपाध्याय, अनिता पराजुली लगाएतले बोलेका थिए । सप्ताहव्यापि कार्यक्रम अन्र्तगत आज यस क्षेत्रका महिला दिदिबहिनीहरुका लागी युवा महिला नेतृत्व विकास तालीम प्रदान गरिएको छ । आज रामनगर जेसिजका संस्थापक डोलराज भण्डारीले प्रशिक्षण दिएका थिए भने सो तालीम भोली पनि जारी रहने छ ।सप्ताह अन्र्तगत पर्सि तिन गते रक्तदान र ट्राफिक नियम सम्बन्धी सचेतनामुलक कार्यक्रम हुने छ भने त्यसपछि क्रमश वृद्धहरुलाई खाद्यान्न वितरण, उद्घोषण तालीम लगाएतका कार्यक्रम रहेको महिला जेसिजकि महासचिव सुमित्रा चौधरीले जानकारी दिइन ।

Leave A Reply

Your email address will not be published.