Jilla Ban Notis

रामग्राम नगरस्तरीय चौँथो आधारभुत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता शुरु ।

0 38
गौरीशंकर जयसवाल
परासी,माघ–२१
रामग्राम नगर स्तरीय चौँथो आधारभुत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि जनता मावि रामग्राम–१४ डैनहवामा सुरु भएको छ ।  नवलपरासीको रामग्राम नगरपालिका वडा नं १४ डैनाहवामा रहेको जनता माबिको अयोजनामा प्रतियोगिता सुरु भएको हो ।    माघ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज एक समारोहका बीच रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्र्घाटन गदै नगरप्रमुख गुप्ताले खेल प्रतियोगिताले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । त्यसैगरी नगरपालिकाले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको पनि बताउनु भएको थियो  ।
उहाँले  खेल राम्रो संग खेलीयो भने मानसिक र शाररिक रुपमा स्वास्थ्य बनाउनको लागि  खेल महत्वपूर्ण रहने धारणा ब्यक्त गर्नुभएको थियो । खेल जिवनको महत्वपूर्ण अंग भएकाले बेला बेलामा यस प्रकारका खेल हुन जरुरी रहेको बताउनु भएको थियो । रामग्राम नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ३९ विद्यालयका विद्यार्थीहरु सहभागि रहेको उक्त प्रतियोगितामा सात विद्याका खेलहरुमा छात्र÷छात्राबीच छुट्टा–छुट्टै प्रतिस्पर्धा गराईने जनता मावि डैनहवाका प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिनुभएको छ । जस्मा जिलेबी दौड कुर्सी दौड,बोरा दौड चम्चा दौड, तिन खुट्टा दौड, हाई जम्प, सटफुट (राउण्ड) रिले लगायतका खेलहरु समावेस गराइएको आयोजकले जानएको छ ।

Leave A Reply

Your email address will not be published.