Jilla Ban Notis

रामग्राममा सचेतनामूलक कार्यक्रमका साथ १६ दिने अभियान मनाइने ।

0 59

मोहन पौडेल

परासी, ७ मंसिर

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा यसवर्ष विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ । रामग्राम नगरपालिकाको संयोजकत्वमा शुक्रबार भएको सरोकारवालाहरुको बैठकले नगर क्षेत्रभित्र मूस्लिम समुदायका महिलादेखि तेस्रो लिङ्गिसम्मका समुदायलाई समेटेर अधिकारमूखी सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो । अभियान मंसिर ९ गतेदेखि शुरु भई मंसिर २४ गते समापन हुनेछ । रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवरका अनुसार मंसिर ९ गते प्रभातफेरीले नगर परिक्रममा गरी कोण सभा गरिनेछ भने मंसिर १० गते शसक्तीकरण नेपालको अगुवाईमा तेस्रो लिङ्गि समुदायको सहभागितामा उनीहरुको अधिकार तथा लैङ्गिक हिंसा विरुद्ध सचेतना प्रदान गरिनेछ । मंसिर ११ गते पृथ्वीचन्द्र ओसीएमसी सेवाबारे अन्र्तक्रिया, मंसिर १२ गते मुस्लिम महिलाहरुबीच अन्र्तक्रिया, मंसिर १३ गते सडक नाटक, मंसिर १४ गते अपांगता भएका व्यक्तिहरुसँग अन्र्तक्रिया, मंसिर १५ देखि २१ गतेसम्म विभिन्न वडा तथा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम, मंसिर २२ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम, २३ गते वडा स्तरीय अन्र्तक्रिया र २४गते समुन्नत महिला मन्च र नगरपालिकाको संयुक्त आयोजनामा बृहत अन्र्तक्रिया तथा समापन कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको उपमेयर कुंवरले बताउनुभयो । बैठकमा नेपाल प्रहरी, माईती नेपाल, अन्तरपार्टी महिला सञ्जाल, एबीसी नेपाल, नारी कल्याण समाज, महिला समूह लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.