Jilla Ban Notis

मायादेविमा पदाधिकारी तथा कर्मचारीहरुलाइ अभिमुखिकरण तालिम

0 47

तुलसी राम पौडेल
मायादेवी ,मंसिर २१
रुपन्देही स्थित मायादेवी गाउपालिकाको आयोजनामा मायादेवी गाउपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि २ दिने अभिमुखिकरण तालिम शनिबारदेखी शुरु भयो। महिलाको हक अधिकार , लैङ्िगक समानता , जनप्रतिनिधिहरु एव कर्मचारीको लागि स्थानीय सरकार संचालनको लागि आवश्यक कानुन सम्बन्धमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो। अभिमुखिकरण तालिमको सहजीकरण प्रशिक्षक कासीराज दाहाल र आरती चतौटले गर्नुभएको थियोे । उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन समितिका अध्यक्ष एवं संविधान विद कासिराज दाहालले स्थानिय निकाय संचालन अन्तरगत गाउपालिका अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत ,लेखा अधिकृतको काम कर्तव्य बारेमा प्रशिक्षण दिनुभएको थियोे ।वडा अध्यक्षले सत्य कुरा बुझेर मात्र सिफारिस गर्नुपर्ने बताउनु भयो। नेपाल टेलिभिजनकि निमित्त नायब महाप्रबन्धक आरती चटौलले महिला शसक्तिकरण सग सगै पुरुषको सोचाइमा परिवर्तन जरुरी रहेको बताउनु भयो। समाजमा हुने महिला हिन्सा ,पुरुष हिंसा रोक्न जनचेतना जगाउनु पर्ने बताउनु भयो।  मायादेवी गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षता, संविधान विद कासिराज दाहालको प्रमुख आतिथ्य , आरती चतौटको बिशिस्ट आतिथ्यता, गाउपालिका उपाध्यक्ष तारादेवी यादवको आतिथ्यता, गाउपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगानाको स्वागत मन्तव्य एव कार्यक्रमको उद्देश्य माथी प्रकाश रहेको कार्यक्रमको संचालन पम्फा भुसालले गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.