Jilla Ban Notis

माइन्यूट लेखन तथा उद्घोषण तालीम शुरु ।

0 240

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२०
बर्दघाट नगरपालिका वडा नं. १६ मा विहिवार देखि माइन्यूट लेखन तथा उद्घोषण तालीम शुरु भएको छ । निर्वतमान नगर कार्यपालिका सदस्य अम्बिका लम्सालको अध्यक्षता र वडाध्यक्ष भिमकाजी गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त तालीमको समुद्घाटन गरीएको थियो ।

तालीमको समुद्घाटन गर्दै वडाध्यक्ष गुरुङ्गले अब वडाका सबै नागरीकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि वडाकार्यालय परिसरमा हेल्पडेक्स स्थापना गर्ने बताउनु भएको थियो । उहांले वडाका कुनै पनि नागरीकहरुले सेवा लिंदा कहां ? र कसरी लिने ? भन्नेवारमा सबैलाई जानकारी दिने देखि वडावासीहरुको बौद्धिक विकास र सिपका लागि समेत विभिन्न खालका कार्यक्रमहरु गर्ने बताउनु भएको थियो ।

त्यसैगरी कार्यक्रमका विषेश अतिथि जनजाती महासंघका ईन्द्र गुरुङ्गले अब वडावासीहरुलाई सिपसंग संगै उनीहरुको बौद्धिक विकासमा वडाले लगानी गर्नु पर्ने बताउनु भएको थियो । जब सम्म मानिसहरुका समाज रुपान्तरणका वारेमा र आफ्नो आर्थिक समृद्धिका वारेमा जानकारी हुदैन तब सम्म केहि नहुने भन्दै त्यसका लागि सिपर चेतनाको विकास जरुरी रहने बताउनु भएको थियो ।

कार्यक्रममा निर्वतमान वडासदस्य फूलमाया रसायली,महिला अधिकार संगठनकी सावित्रा दुवाडी लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन अञ्जु लामिछानेले गर्नु भएको थियो ।

वडाकार्यालयले अन्य महिलाहरुको सिप बिकासका लागि भनेर विनियोजन गरेको रकमवाट संचालीत उक्त माइन्यूट लेखन तथा उद्घोषण तालीममा पत्रकार कृष्ण ढकालले सहजीकरण गर्नु भएको छ । ७० जनाबढी महिलाहरुको सहभागिता रहेको उक्त तालीम बर्दघाट–१६,सूर्य नगरमा रहेको मगर समाजको भवनमा संचालन भैरहेको छ ।

https://www.facebook.com/1803242803/videos/741544503757129/

Leave A Reply

Your email address will not be published.