Jilla Ban Notis

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाद्धारा सेवाप्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न् ।

0 61

कृष्ण ढकाल
बर्दघाट,असार –३१
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीले शुक्रवार परिचयात्मक एवं सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ ।
संस्थाका अध्यक्ष कैलाश ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम खड्काले संस्थागत जानकारी र अक्तियार अनुसन्धान कार्यालय रुपन्देहीका नवलपरासी जिल्ला प्रमुख बाबुराम पौडेलले नवलपरासी जिल्लावाट अक्तियारमा परेका उजुरीहरुको वस्तु अवस्थाका वारेमा जनाकारी गराउनु भएको थियो ।
पौडेलले प्रस्तुत् गर्नु भएको तथ्याङ्क अनुसार नवपरासी जिल्लावाट अक्तियार अनुसन्धान कार्यालय रुपन्देहीमा १ सय २७ वटा उजुरी परेकोमा अहिले सम्म १ सय १२ वटा टुङ्गीएको र १५ वटा उजुरी मात्र अनुसन्धानका क्रममा रहेका छन् ।

नवलपरासी जिल्लाका सातवटै पालिकाका प्रमुख ,उप–प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु सहित जिल्लाका सबै सुरक्षा निकाएका प्रमुख एवं विभिन्न संघ संस्थाका जिम्मेवार ब्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले आफुले पनि कुनै बहानामा भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता जाहेर गरेका थिए ।

अहिले सम्म भ्रष्टाचारका वारेमा बोल्ने ब्यक्तिको सुरक्षाको ग्यारेन्टी नभएका कारण भ्रष्टाचार मौलाउदै गएको उनीहरुको भनाई रहेको थियो । निति र विधिमा रहेर कार्यगरे कुनै पनि पालिकाहरु र संघ संस्थाहरुमा भ्रष्टाचार नहुने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । उनीहरुले नागरीकहरुलाई विश्वास दिलाउन सक्ने गरी कार्यगर्दा भ्रष्टाचार नहुने तर्क गरेका थिए । कसैले तथ्य र प्रमाणलाई स्थापित गर्न नसक्दा सम्म कुनै उजुरी नलाग्ने भएकाले भ्रष्टाचारको आरोपमा उजुरी पर्दैमा डराउन नहुने बताएका थिए ।

कार्यक्रममा सुनवल नगरपालिकाकी नगर प्रमुख बिमला अर्याल, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक), प्रमुख जिल्ल अधिकारी श्रवण कुमार पोखरेल,बर्दघाट नगरपालिकाका नगर उप प्रमुख रुद्र प्रसाद उपाध्याय लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । त्यसैगरी कार्यक्रममा सहभागिहरुले समेत आ–आफ्नो स्थानवाट अक्तियारमा परेका उजुरी र आफ्नाक्षेत्रमा भएका कुब्यवस्थाका वारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रम भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीका सचिव रमेश भुषालको संचालनमा सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.