Jilla Ban Notis

भ्यालेन्टाइन डे संस्कृति कि विकृति ?

0 42
उमेश बि.क 
भ्यालेन्टाइन हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म भ्यालेन्टाइन सप्ताहको रुपमा मनाइन्छ । विशेषगरी पश्चिमा देशहरुमा मनाइने यो दिवस पछिल्ला केही वर्षमा नेपालमा पनि निकै महत्वका साथ मनाउँदै आइएको छ । युवाहरुले त यो दिनलाई उत्सवकै रुपमा मनाउने गरेका छन् ।  भ्यालेन्टाइन डेका बारेमा सबैका आ–आफ्नै धारणा छन् । कसैले पश्चिमको संस्कृति भएकाले यसलाई मनाउन आवश्यक नभएको भन्छन् त कोही राम्रो पक्षलाई अनुशरण गरेर मनाउनुपर्ने बताउँछन् ।
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसबारेमानिसहरुका धारणा आ–आफना हुन्छन ।
 
बिनोद पाण्डे, शिक्षक
प्रेम भन्ने कुरा उच्च स्थानमा हुन्छ । त्यसैले यसलाई दुरुपयोग गर्नु हुँदैन । नेपालीमा एउटा उखान छ, अतिथि देवो भवः । हाम्रो यही संस्कारले गर्दा पनि हामी यो वेस्टर्न कल्चरलाई सम्मान गर्छौं । उनीहरुमा अतिथि देवो  भवःको संस्कार छैन होला, त्यो उनीहरुको कल्चर भयो तर हामी अरुलाई सधैं सम्मान गर्छौं ।भ्यालेन्टाइन डे मनाउनु नराम्रो होइन । पाश्चात्य कुराहरु पूर्वियाहरु सहजै स्वीकार गर्ने भएकाले पनि नेपालीले प्रेम दिवसलाई छोटो समयमै आत्मसात गरेका हुन् । प्रेम गर्नेहरुका लागि सधैं उस्तै दिन हो ।
सागर बिन्दास ,कालाबरवा बिहार
    यो वर्ष श्रीमतीसँग भ्यालेनटाइन डे मनाउँदैछु । उपहार पनि दिने मेरो योजना छ । खासै ठूलो त हैन सामान्य उपहार दिन्छु । सबैले मनाउँदा मनाउँ भन्ने लाग्छ । तर उत्सव नै हो भन्ने चाहिँ मलाई लाग्दैन । विवाह अगाडि पनि खासै तडकभडकका साथ कहिल्यै मनाइएन । सामान्य फूल, चिठी दिनेसम्म हुन्थ्यो, तर साथीका हिसाबले मात्रै स्पेशल भ्यालेन्टाइन भनेर होइन । भ्यालेनटाइन डे मनाउनै पर्छ भन्ने पनि छैन र मनाउनै हुँदैन भन्ने पनि होइन । सबैले मनाउँदा मनाएकै राम्रो हो ।
सन्दिप बि.क, बिद्यार्थी
माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । भ्यालेन्टाइन डे माया गर्ने कोमल मन हुनेहरुको लागि प्रपोज गर्ने दिन हो । सबैले मनाउँछन् । भ्यालेन्टाइन डे मनाउनु राम्रै हो ।
    जानू बस्याल रुपन्देही
  सानैदेखि नमनाएको वा थाहा नभएकाले पनि होला मैले विवाह अगाडि पनि र विवाह पछि यसलाई विशेष रुपमा हेरिन । प्रेमको प्रतीकको रुपमा मनाउने भएकाले यसलाई राम्रो नै मान्नुपर्छ । प्रेमी प्रेमिकाहरुका लागि प्रपोज गर्ने दिन भएकाले पनि होला, पछिल्ला दिनमा यसको महत्व भने बढ्दै गएको छ ।प्रेमका कुरा सधैं हुने भएपनि भ्यालेन्टाइन डे विशेष दिन भएकाले अझै बढी अर्थ राख्छ जस्तो मलाई लाग्छ ।

देशबन्दु यादव , पत्रकार
हाम्रो संस्कृति पुर्बिय दर्शन अनुसार रितु मौसम अनुसार आफ्नै किसिमको पर्बहरु बिद्दमान रहेको हुदा भ्यालेन्टाएन डे, क्रिसमस लगाएत यस्ता बिक्रृतिको रुपमा मनाउन कुनै आवश्यक छैन।

पवन मौर्य , कलाकार
प्रेम गर्नेहरुका लागि हरेक दिन भ्यालेन्टाइन डे हुन्छ । मेरो भने यस वर्ष खासै केही योजना छैन । भ्यालेन्टाईन डे मनाउनु नराम्रो हैन तर नकरात्मक तरिकाले मनाउनु भएन । भ्यालेन्टाईन डे एक हप्ता अगाडि देखि मनाउन जरुरी छैन ।
जनमेजय यादव ,समाजसेवी  प्रणय दिवसप्रति मेरो खासै चासो छैन, तर म यसको विरुद्धमा पनि छैन । प्रेम भन्ने कुरा सधैभरी हुनुपर्छ । एक हप्ताभरी मनाउनु कुनै नराम्रो कुरा भने पक्कै हैन । प्रेमको नाममा देखासिकी गर्नुभन्दा पनि भित्रैबाट प्रेम गर्नु उचित हो ।
नरबहादुर बि।क, कलाकार
  प्रणय दिवस खासै मनाइँदैन, तर यो दिन अलि विशेष लाग्छ । जसले जसरी सक्छ, त्यसरी मनाउने हो, तर आजभोलि प्रणय दिवसको नाममाअलि बढी देखासिकी भएझैं लाग्छ । एक हप्ताअघिदेखि मनाइने प्रणय दिवसले युवाहरुमा प्रभाव परिरहेको छ ।
राजन चौधरी रुपन्देही
भ्यालेनटाइन डे मनाउनैपर्छ भन्ने पनि छैन । तर मनाउनु हुँदैन भन्ने पनि होइन । हरेक दिनको आआफ्नै महत्व हुन्छ । जन्म दिन किन मनाइन्छ रु त्यस्तै भ्यालेन्टाइन डे पनि प्रेम गर्नेहरुका लागि स्पेशल डे भएकाले मनाउँछन् । त्यसैले मनाउनै पर्छ भन्ने पनि छैन तर मनाउनु हुँदैन पनि म भन्दिन ।भ्यालेनटाइन सहि तरिकाले मनाउनु पर्छ।
रेश्मि बि.क, सरावल महिला सन्जाल सदस्य
प्रेम अहिले तन, मन वा धन भनेर व्याख्या गर्नेहरुपनि छन् यहाँ । निष्पाप, निःस्वार्थ, निशर्त ‘प्रेम’ खोज्ने हो भने हामीले प्रेमलाई तन, वा धनसँग झुण्ड्याइरहनु पर्छ जस्तो लाग्दैन ।भ्यालेन्टाइनप्रति साच्चै श्रद्धा भाव अर्पण गर्ने हो भने मन, कर्म र बचन निष्पाप, निस्वार्थ र निशर्त हुनु आवह्यक छ ।भ्यालेन्सटाइन्स डे विकृतिका रुपमा मात्र नमनाई पादरी भ्यालेन्सटाइन्सले दिएको बलिदानको कदर गर्दै उनको स्मृतिमा यो दिनलाई मनाइनु पर्दछ । सम्पूर्ण प्रेम जोडीलाई शुभकामना ।
 प्रदीप यादव,मधुवनी भारत
भ्यालेन्सटाइन्स डे मनाउनुपर्छ। तर कसैलाई असर नपर्ने गरि।पहिलाको माया र अहिलेको मायामा धेरै फरक छ ।अहिले स्वार्थिपन धेरै छ।पहिला निस्वार्थ माया थियो ,त्याग समर्पण र बलिदान हुन्थ्यो ।
राजेश यादव , मंगलापुर समाजसेवी
भ्यालेन्सटाइन्स डे मनाउनुपर्छ। माया एउटा प्रेमि प्रेमिका बिच हुनुमात्र हैन आमा बुवा दिदी बहिनी र सम्पुर्ण परिवारमा हुनुपर्छ । सहि रुपमा माया यहि हो। जहाँ एक अर्कोको भावनाको कदर गरिन्छ ।

Leave A Reply

Your email address will not be published.