Jilla Ban Notis

बाढीको कारण नवलपरासीको जनजिवन कस्टकर बन्दै

0 28

उमेश बि।क
सरावल ,८ असोज
तिन दिनदेखि परेको बर्षाका कारण नवलपरासीको विभिन्न स्थानहरु जलमग्न भएका छन् । सरावल गाउँपालिका वडा नं ५, ६, ७ र पाल्हीनन्दन गाउँपालिका–१ शंकरपुर सहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको छ। वर्षातको पानीले निकास नपाउँदा गाउँ डुबानमा परेका हुन् । तिन दिनदेखि परेक बर्षाका कारण सो क्षेत्र डुबान हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको छ । पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको छ।
डुवानका कारण सरावल गाउँपालिका वडा नं ५ ,६ र ७ खडौना ,मधवलिया, नौडिहवा , भुजहवा ,गडौरी कुर्थावल,पुसौलि गरि ३० घर विस्थापित तथा पाल्हिनन्दन गाउँपालिका १ शंकरपुरमा करिब १५ घरहरुमा पानी पसेको छ भने शंकरपुरको पप्पु चौधरीको घर भत्केको स्थानीय धनपाल चौधरीले जानकारी दिनुभएको छ ।


घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् भने धारा पानिमा डुबेको हुनाले धमिलो पानी आउने तथा फोहोर पानीको कारणले गर्दा शरीर चिलाउने गरेको स्थानीयले जानकारी दिएका छन ।
झरही नदि र धनेवा नदिको कारणले पानीले निकास नपाएकाले गाउँमा पानी पस्दा डुबानमा परेको हो। सो क्षेत्र डुबान हुँदा हाटबजारको समस्या तथा बिरामी पर्दा एवम् सुत्केरी हुदा डुङ्गाबाट गाउँ बाहिर जानुपर्ने अवस्था रहेको खडौना निवासी लक्ष्मिकान्त चौधरीले जानकारी दिनुभएको छ।  जनप्रतिनिधिहरुले दीर्घकालीन समाधानको उपाय नअपनाउँदा हामी सधैंभरि बाढीको त्रासमा बस्नुपरेको दिपक क्षेत्रीले बताएका हुन । गाउँ तथा बाटोमा पनि घुँडाभन्दा माथि पानी पुगेकाले स्थानीय समस्यामा परेका छन् । बाटो तथा खेतमा जलमग्न भएकोले खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।
घरभित्र पानी पस्दा अन्न र पशुचौपाया जोगाउन धौधौ परेको सरावल ६ की सिन्धुलि कुर्मीले बताउनुभएको हो। त्यस्तै मैनुदिन चुरिहार भन्नुहुन्छ पानीको कारणले गर्दा सर्प तथा किरा फट्याङ्ग्रा बढेको र बाढिको चपेटामा पर्दा धेरै समस्या भएको बताउनुभएको हो ।
वर्षाले बहाव बढ्दै गएपछि आसपासका गाउँ त्रासमा रहेका छन । पश्चिम नवलपरासीको प्रतापपुर, सरावल ,पाल्हिनन्दन र सुस्ता गाउँपालिका बासिन्दा सधैं बाढी र प्राकृतिक विपद्को जोखिममा रहेका छन् ।  सो स्थानका केहि बस्ती डुबानमा परेको भएपनि अहिलेसम्म धनजनको क्षति नभएको स्थानीयले बताए ।

Leave A Reply

Your email address will not be published.