Jilla Ban Notis

बर्दघाट–४का अतिविपन्न घरधुरीलाई धारा जडानका लागि एककिस्ता रकम अनुदान दिने नगर प्रमुख श्रेष्ठको घोषणा ।

0 77

कृष्ण ढकाल
बर्दघाट,असोज–१५
बर्दघाट नगरपालिका वडा नम्वर ४ लाई छिट्टै एक घर एक धारा भएको घोषणा गर्ने वातावरण तयार गर्न बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई आग्रह गर्नु भएको छ ।

आज बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान तथा वार्षीक समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

नगर प्रमुख श्रेष्ठले देशकै नमुना संस्थाका रुपमा परिचित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले सम्म सबैकामहरु पार्दशी र प्रभावकारी रुपमा गरेको प्रति प्रशंसा गर्दै अब संस्थाको आफ्नो कार्यक्षेत्र भित्र पर्ने ४ नं. वडाका सबै घरधुरीमा एक घर एक धारा हुने गरी अघि बढ्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा प्रस्तुत् गरीएको विवरण अनुसार ५७ घर धुरीमा धारा जडान गर्न बांकी रहेको छ जस्मध्ये वडा नम्वर ४ ले ३ वटा धारा जडानको खर्च ब्यहोर्ने भएको छ भने खानेपानी संस्थाले ५ वटा निःशुल्क गर्ने भएसंगै बांकी ४९ वटा धाराको पहिलो किस्ता नगरपालिकाले ब्यहोर्ने नगरप्रमुख श्रेष्ठले घोषणा गर्नु भएको हो ।

फरक प्रसंगमा नगर प्रमुख श्रेष्ठले बर्दघाट–२,चिसापानीमा रहेको चिसापानी अस्पताल क्षेत्रमा नै ट्रमा सेन्टर निमार्ण गर्ने गरी प्रक्रिया अघि बढेको बताउनु भएको थियो । उहांले भर्खर मात्र आफुहरुको टिम काठमाण्डौं गएर ४ करोडको काम यसै बर्ष सक्नेगरी प्रक्रिया मिलाएर आएको समेत जानकारी गारउनु भएको थियो ।

त्यसैगरी नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले अब नगरका हरेक वडावासीलाई खानेपानी सहजरुपमा उपलब्ध गराउने गरी नगर अघि बढ्को बताउनु भएको थियो । निर्वतमान नगर प्रमुख धिरज शर्माले नगरका हरेक वडामा खानेपानीका योजनाहरु अघिबढीरहेको बताउदै छिट्टै बर्दघाटनगर पूर्णखानेपानी युक्त भएको घोषण गर्न सकियोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष वेदविना तिवारी,संस्थाका सल्लाहकार कमान सिँह थापा, रविन्द्र विक्रम हमाल, उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपाने ,पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी,बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतम लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका सचिव धन बहादुर गुरुङ्गको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष दिपक लम्सालले स्वागत मन्तब्य राख्नु भएको थियो भने संस्थाको वर्तमान अवस्थाका वारेमा ब्यवस्थापक बिष्णु कुमार भुषालले जानकारी गारउनु भएको थियो ।

२४ सै घण्टा खानेपानी वितरण गरीरहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले हाल सम्म ३ हजार ९ नौ सय ५७ वटा धारा जडान गरेको छ भने औषतमा मासिक ११ लाख २३ हजार ३ सय ८० रुपैया आम्दानी गर्न सफल भएको जनाएको छ । करिव २२ हजार मानिसहरुलाई आफ्नो सेवा प्रदान गरेको छ ।

Leave A Reply

Your email address will not be published.