Jilla Ban Notis

बर्दघाट १४ ले अहिले सम्म ३१५ घरधुरीमा बड्यो राहत

0 44

मुक्ती तिवारी

बर्दघाट , बैशाख ६

अति बिपन्न तथा दैनिक ज्यालादारी गरि खानेहरुका लागि बर्दघाट नगरपालिका वडा नम्बर १४ ले हालसम्म ३१५ जना बिपन्नहरुलाई राहत बितरण गरेको छ।वडामा गठित खाध आपूर्ति तथा ब्यस्थापन समितीले प्रत्येक टोल बिकास समितीको समन्वमा संकल गरिएको तथ्यांकलाई आवश्यकताको आधारमा बिपन्न हरुलाई चरणबद्द रुपमा राहात बितरण गरिएको वडा अध्यक्ष केशव बहादुर खत्रीले बताए।दाल चामल नुन तेल लगायतका अत्यावश्यक खाध सामाग्री हाललाई ३१५ घरपरिवारलाई बितरण गरिको र थप बिपन्नहरुको नामावली संकलनलाई निरन्तरता दिई राहत उपलब्ध गराउने कार्य जारी रहेको अध्यक्ष खत्रीले जानकारी दिए।वास्तविक बिपन्नहरु कोहि नछुटुन भन्ने उदेश्य रहेकाले यसमा सबैको सहयोग अपरिहार्य रहेको उनले बताए।१४ नम्बर वडाले पनि निकै गुणस्तरीय र पारदर्शी तवरबाट राहात बितरण गरिएको उनले स्पष्ट पारे।सबै टोलहरुमाबाट जानकारी र समन्वय को अभावमा कतै कोहि बिपन्न ले राहत पाउन छुटेको खन्डमा वडालाई अथवा टोल बिकास समितिलाई जानकारी गराउन समेत उनले आग्र गरे।१४ नम्बर वडाले पहिलो चरणमा १६३ घरपरिवारलाई राहत उपलब्ध गराएको थियो भने शनिबार दोस्रो चरणमा १५२ बिपन्न घरपरिवारवारलाई राहात उपलब्ध गराईएको अध्यक्ष खत्रीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.