Jilla Ban Notis

बर्दघाट–१४,बुद्धबस्तीका रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त

0 711

कार्तिक–२५

नेपाल क्रिकेट संघ (क्यान)ले पश्चिम नवलपरासी बर्दघाट–१४,बुद्धबस्तीका रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पदमा बर्दघाट–१४,बुद्धबस्तीका रोहितकुमार पौडेललाई नियुक्त गरेको हो। क्रिकेट संघले आज साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।

केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए । रोहितले नेपालको यू–१९ उमेर समूहको कप्तानी गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गर्ने विश्वकै कान्छो खेलाडी बनेर विश्व रेकर्ड कायम गरेका नवलपरासीको बर्दघाट–१४,बुद्धबस्तीका रोहित कुमार पौडेलले शुरुमा नवलपरासीमा रहँदा टेनिस बल क्रिकेटवाट आफ्नो यात्रा शुरु गरेका थिए ।

क्रिकेट भनेपछि भुतुक्कै हुने रोहितले पढाइभन्दा क्रिकेटलाई बढी महत्व दिन थालेपछि रोहितका बाबु कुमार पौडेल र दाई राजु पौडेलले उनलाई काठमाडौँ क्रिकेट सिक्न पठाएका हुन ।

काठमाडौँमा बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर क्रिकेट सिकेसंगै रोहितले त्यसपछि तीन महिना दिल्लीमा पनि क्रिकेट प्रशिक्षण गरेको रोहितका दाजु राजु पौडेलको भनाई रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.