Jilla Ban Notis

बर्दघाट ११ मा स्तन तथा पाठेघर क्यानसर र प्रजनन स्वस्थ्य अधिकार सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न ।

0 26

लक्ष्मी अर्याल
बर्दघाट,माघ–१५
समुन्नत महिला सघं नवलपरासीको आयोजना तथा समुन्नत महिला सघं नेपाल केन्द्रिय कार्यलयको सहजिकरणमा स्तन तथा पाठेघर क्यानसर र प्रजनन स्वस्थ्य अधिकार सम्बन्धि जनचेतना मुलक कार्यक्रम बर्दघाट ११ स्थित शिरोमणि आधारभुत बिध्यालयमा बुधबार सम्पन्न भएको छ । समुन्नत महिला सघं नवलपरासीकी जिल्ला अध्यक्ष दिलकुमारी कुंवरको अध्यक्ष्यता तथा बर्दघाट नगरपालिकाकी उपप्रमुख माया देवि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले महिलाहरुल आफ्नो अधिकार लिन महिलाहरु आफै सक्षम हुनुपर्ने बताउदै नेपालको सविंधानले महिला अधिकार शुनिस्चित गरेपनि कार्यान्वयनको पाटो फितलो हुदा सो कार्यान्वयनका लागी स्वयं सरोकारवालाले दबाव दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बिशिष्ट आतिथीको रुपमा संघका केन्द्रिय उपाध्यक्ष कमला तिवारी, अतिथिहरु बर्दघाट वडा नं ११ का वडा अध्यक्ष तिर्थराज फौजदार, वडा सदस्य ललिता देवि थारु, शिरोमणि आधारभुत बिध्यालयका शिक्षक शान्ता पोखरेल, समुन्नत महिला सघं नवलपरासी शाखाका निर्वाचित सदस्य लक्ष्मि परियार, संघका जिल्ला कोषाध्यक्ष सरीता पौडेल, जिल्ला सदस्य शुलोचना गुप्ता लगाएतले आ आफनो धारणा राख्नु भएको थियो । सो अवसरमा बर्दघाट वडा नम्बर ११ का एक सय जना प्रशिक्षाथीहरुको उपसिथती रहेको कार्यक्रममा प्रशिक्षक संघकी केन्द्रिय अध्यक्ष शोभा खत्रीले सहजिकरण गर्नुभएको थियो । वडा सदस्य यमकला भण्डारीको स्वागत रहेको कार्यक्रमको संचालन सघंका जिल्ला सचिव दुर्गा काईरालाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.