Jilla Ban Notis

बर्दघाट शैक्षिक दर्पण–२०७९ को विमोचन ,बर्दघाट नमुना पालिका बनाउन सबै एकभएर लागौं ः नगर प्रमुख श्रेष्ठ

0 29

कृष्ण ढकाल
बर्दघाट,साउन–१६

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकालाई शिक्षाको क्षेत्रमा नमुना पालिका बनाउने गरी सबै सरोकारवालाहरु एक भएर लाग्न जरुरी रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

नगरको विकास र समृद्धिका लागि सबैभन्दा पहिले नगरवासीहरु शिक्षीत हुन जरुरी रहेको बताउदै त्यसका लागि विद्यालय तहवाट नै अभियान शुरु गर्नु पर्ने भएकाले बर्दघाट नगरपालिका लागि परेको बताउनु भएको छ ।

आज नगर शिक्षा,युवा तथा खेलकुद् शाखाले आयोजना गरेको सामुदायिक विद्यालयको कक्षा १ देखि ३ सम्म अध्ययनरत बिद्यार्थीको सिकाई उपलब्धि अभिलेखन सम्वन्धि अभिमुखि करण एवं बर्दघाट शैक्षिक दर्पण २०७९ को विमोचन कार्यक्रमलाई सम्वोधन गर्दे नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

नगर उप प्रमुख रुद्र प्रसाद उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा शाखा अधिकृत लोकराज पन्थीले संयुक्त रुपमा बर्दघाट शैक्षिक दर्पण २०७९ को विमोचन गर्नु भएको कार्यक्रममा शिक्षक कमल अर्यालले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

सामुदायिक विद्यालयका शिक्षक ,शिक्षीकाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कक्षा १ देखि ३ सम्म अध्ययनरत बिद्यार्थीको सिकाई उपलब्धिको प्रभावकारीता र आगामी दिनमा गर्नु पर्ने कार्यका वारेमा कार्यक्रम केन्द्रित रहेको थियो ।

आज बिमोचन भएको बर्दघाट शैक्षिक दर्पण २०७९ मा बर्दघाट नगरको संक्षित परिचय,एैतिहासिक पृष्ठभुमि ऐतिहासिक,धार्मिक,पर्यटकिय तथा भौगोलिक अवस्था,सम्पूर्ण शैक्ष्ँिक तथ्याङक सहित नगरको शैक्ष्ँिक लक्ष्य,उद्धेश्य र शिक्षा नितिलाई समेत समावेस गरीएको छ भने आ.ब.०२७९/०८० मानगरले शिक्षा क्ष्ँेत्रमा विनियोजना गरेको वजेट समेत समावेस गरेर पुस्तक प्रकासन गरीएको छ ।

बर्दघाट नगरपालिकामा अहिले ३७ वटा सामुदायिक विद्यालय र २१ वटा संस्थागत विद्यालयहरु संचालनमा रहेका छन भने २ वटा क्याम्पस ३ वटा सामुदायिक सिकाई केन्द्र र एक पुस्तकालय रहेको छ ।

बर्दघाट नगरलाई गुणष्तरीय,प्रविधिमैत्री तथा बालमैत्री शिक्षाको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएर अधि बढीरहदा बर्दघाट नगरपालिकाले यस आर्थिक वर्ष २०७९÷०८० को आर्थिक निति तथा कार्यक्रममा नगरको कुल बजेटको करिव २१ प्रतिशत बजेट शिक्षामा विनियोजन गरेको छ ।

Leave A Reply

Your email address will not be published.