Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. ३ मा फल–फुलका विरुवा वितरण ।

0 179

माधव घिमिरे
बर्दघाट,असार– १२
बर्दघाट नगरपालिकाले शुरु गरेको फलफुल वडा घोषणा कार्यक्रम अन्र्तगत आज बर्दघाट नगरपालिका वडा नं. ३ मा फल–फुलका विरुवा वितरण गर्ने कार्य सम्पन्न् भएको छ । बर्दघाट नगरपालिकाको कृषि शाखाले आज वडा नं.३ मा फलफुलका विरुवा वितरण गरेको हो । बर्दघाट नगरपालिकाले वडा नं. ३ लाई आँपको पकेट क्षेत्र बनाउने योजना अनुसार आज आँपका विरुवा वितरण गरेको जनाएको छ । नगरपालिकाले वडा २ मा कागती, वडा नं. ६ मा केरा र वडा नं. १५ मा लिचीको बेर्ना वितरण गर्ने योजना लिएको छ । कार्यक्रममा बर्दघाट वडा नं. २ का पहाडी क्षेत्रमा कागतीको सम्भावना रहेकोले कागतीको बेर्ना वितरण गरिएको हो ।
कार्यक्रम कृषि शाखा प्रमुख युवराज लम्सालको अध्यक्षता र वडा न.. ३ का वडाध्यक्ष रुद्र प्रकाश न्यौपानेको प्रमुख आतिथ्यता मा भएको कार्यक्रमक कृषि जेटिए खुमाकान्त न्यौपानेको संचालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.