Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं.–२ द्धारा आम्वासमा आँखा शिविर सम्पन्न्

0 23

कृष्ण ढकाल
बर्दघाट,पुष–२४
बर्दघाट नगरपालिका वडा नं.–२ को आयोजनामा आज आम्वासमा आँखा शिविर सम्पन्न् भएको छ । आँखा शिविरको वडाध्यक्ष दया दर्लामीले एक कार्यक्रमका विच समुद्घाटन गर्नु भएको थियो । वडाध्यक्ष दर्लामीको अध्यक्षता र चिसापानी अस्पतालका जनस्वास्थ्य निरिक्षक रमेश न्यौपानेको संचालन रहेको शिविर समुद्घाटन कार्यक्रममा वडा नं २ का सम्पूर्ण जवप्रतिनिधिहरु, दिब्य ज्योती मावि ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकी,पत्रकार तथा स्थानिय समाज सेवीहरुको उपस्थिती रहेको थियो ।

शिविर समुद्घाटनमा बोल्दै वडाध्यक्ष दर्लामीले वडा नं. २ को पहाडी क्षेत्रमा रहेको आम्वासका जनताहरुको स्वास्थ्यमा पहुचं राम्रो नभएका कारणले उनीहरुको सहजताका लागि वडाले निःशुल्क रुपमा आँखा शिविरको आयोजना गरेको बताउनु भएको थियो ।

आज भएको शिविरमा १ सय ६ जना स्थानियवासीहरुको आ“खा चेक जांच गरेकोमा ८ जनामा मोतिया विन्दु र १ जनामा जल विन्दु भएको भेटिएको शिविर ब्यवस्थापनमा रहनु भएका चिसापानी अस्पतालका जनस्वास्थ्य निरिक्षक रमेश न्यौपानेले जानकारी दिनु भएको छ ।
उहांका अनुसार अब ती आँखाका समस्या भएकाहरुलाई नगरपालिका र वडा कार्यालयको सहयोग र समन्वयमा अप्रेसनको ब्यवस्था मिलाउने बताईएको छ । शिवरमा चिसापानी अस्पतालका कर्मचारी र विनोद निकेता कंडेल अस्पताल परासीका डा. चन्द्र राना रहनु भएको थियो । शिविरमा आएका र आंखामा सामान्य समस्याभएकाहरुलाई निः शुल्क रुपमा औषधी वितरण समेत गरीएकाो थियो ।

Leave A Reply

Your email address will not be published.