Jilla Ban Notis

बर्दघाट नगरपालिका फलफुल वडा घोषणा कार्यक्रममा ब्यस्त ।

0 30

माधव घिमिरे
बर्दघाट,असार–११
बर्दघाट नगरपालिकाको कृषि शाखाले आज वडा नं. २ मा फलफुल वडा घोषणा कार्यक्रम अन्र्तगत कागतीका बेर्ना वितरण वितरण गरेको छ । सो अवसरमा बोल्दै नगर प्रमुख तथा फलफुल वडा घोषणा कार्यक्रम अन्र्तगत कागतीका विरुवा वितरण कार्यक्रममा प्रमुख अतिथि धिरज शर्मा वस्यालले कृषि प्रर्बद्धन अन्तरगत नगरपालिका फलफूल वडा घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको थियो। त्यसैगरी फलफूल उत्पादनमा ब्यवसायिकता एंव ब्यवसायिक कृषक उत्पादनका लागि यस प्रकारका कार्यक्रमहरु शुरु गरिएको नगर प्रमुख बस्यालले बताउनु भयो । नगरपालिकाले वडा २ मा कागती, वडा नं. ३ मा आँप वडा नं. ६ मा केरा र वडा नं. १५ मा लिचीको बेर्ना वितरण गर्ने योजना लिएको छ । कार्यक्रममा बर्दघाट वडा नं. २ का पहाडी क्षेत्रमा कागतीको सम्भावना रहेकोले कागतीको बेर्ना वितरण गरिएको हो ।
कार्यक्रम कृषि शाखा प्रमुख युवराज लम्सालको अध्यक्षता र नगर प्रमुख धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष रुद्र प्रसाद न्यौपाने, वडा सदस्य दधिकला पौडेल लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमक कृषि जेटिए खुमाकान्त न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.