Jilla Ban Notis

बर्दघाट नगरपालिकामा अत्यावश्यक सेवा वाहेका अन्य सेवाहरु वन्द ।

0 13
कृष्ण ढकाल
बर्दघाट,चैत्र –९
कोरोना भाईरसको महामारीको जोखिमलाई मध्यनजर गर्दै बर्दघाट नगरपालिकाले यहि चैत्र ९ गतेवाट २१ गते सम्मका लागि नगरपालिका र माताहतका सबै वडाकार्यालयहरुवाट हुने अत्यावश्यक सेवा वाहेका अन्य सेवाहरु वन्द गर्ने निर्णय गरेको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालको अध्यक्षतामा आईतवार बसेको नगरकार्यपालिकाको कार्यालयको बैठकले यहि चैत्र ९ गतेवाट २१ गते सम्मका लागि नगरपालिका र माताहतका सबै वडाकार्यालयहरुवाट हुने अत्यावश्यक सेवा वाहेका अन्य सेवाहरु वन्द गर्ने निर्णय गरेको हो । विभिन्न देशहरुमा द्रुत गतिमा कोरोना भाईरसको संक्रमण बढेको र नेपालमा पनि त्यसको उच्च जोखिम रहेका कारण संभावित संक्रमणवाट जोगिनका लागि देश प्रदेश र स्थानीय तहले समेत चैत्र ९ गते देखि २१ गते सम्मका लागि यस्तो निर्णय गरेका छन् ।

Leave A Reply

Your email address will not be published.