Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा त्रिवेणी चोकमा स्वास्थ्य हेल्प डेक्स स्थापना ।

0 49
कृष्ण ढकाल
बर्दघाट,चैत्र –१३
प्रदेश नं। ५ को पूर्विद्धारा नाकामा आज बर्दघाट नगरपालिकाले स्वास्थ्य हेल्प डेक्स स्थापना गरेको छ । नगरपालिकाले कोरोना भाईरस नियन्त्रणका लागि शुरुगरेको सचेतना अभियान  तथा पूर्व तयारी अन्तर्गत बर्दघाट–४ त्रिवेणी चोकमा स्वास्थ्य हेल्प डेक्स संचालने र बर्दघाट–१,मोतीवस्तीमा रहेको बाल्मिकी मावि  तथा बर्दघाट–२,चिसापानीमा रहेको  दिब्यज्योति बहुमुखी क्याम्पसमा अस्थाई क्वारेन्टाईन स्थापना गर्ने निर्णय अनुसार सो कार्यलाई पूर्णता दिईएको बर्दघाट नगरपालिकाका नगर प्रमुख  धिरज शर्मा बस्यालले बताउनु भएको छ । आज बर्दघाट नगरपालिकाले स्थापना गरेको स्वास्थ्य हेल्प डेक्स मा ज्वरो नाप्ने यन्त्र सहित अत्यावश्यक स्वाथ्यकर्मीहरुलाई खटाईएको र सेवा प्रदान गरिरहेको बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.