Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा निगरानि समुहका सदस्यहरुलाई तालीम 

0 70

कृष्ण ढकाल
बर्दघाट,माघ–२६
बर्दघाट नगरपालिकाले निगरानि समुहका सदस्यहरुलाई समुदायमा आधरीत संरक्षण प्रणाली सम्वन्धि ५ दिने तालीम शुरु गरेको छ । आज बर्दघाट नगरापलिकाकी उप–प्रमुख माया देवि पौडेलले एक कार्यक्रमका विच सो तालीमको समुद्घाटन गर्नु भएको थियो ।
आजवाट शुरु भएको उक्त तालीमको समुद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख पौडेलले गाउंमा हुने कुनै पनि हिंसा र अनैतिक तथा अवैद्यानीक कार्यहरुका वारेमा निगरानि राख्न र त्यसको समाधान गर्नका लागि तालीम लिएका महिलाहरु बढी सक्रिय हुनका लागि आग्रह गर्नु भएको थियो । उहांले अहिले विकास निमार्ण देखि अन्य समाजका गतिविधिहरुमा वेतिथि र विसंगती हुने गरेको बताउदै त्यस्ता गतिविधिहरुलाई न्यूनिकरण गर्नमा समुदायमा आधरीत संरक्षण प्रणाली सम्वन्धि ५ दिने तालीम प्रभावकारी हुने विश्वास ब्यत्तः गर्नु भएको थियो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै प्रमुख प्रसशासकिय अधिकृत मेघराज पाध्याले समाजलाई सु–सभ्य र सुन्दर बनाउनका लागि हिंसा तथा उछ्रिन्खल खालका कुनै पनि गतिविधिहरु हुन नहुने भन्दै त्यसका लागि समुदायका सबै ब्यक्तीहरु जिम्मेवार बन्न जरुरी रहेको बताउनु भएको थियो । उहांले बर्दघाट नगरपालिका पनि त्यसको लागि समुदायसंग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

बर्दघाट नगरपालिकाको आ.ब.२०७७/०७८ को निति तथा कार्यक्रम अन्र्तत संचालीत निगरानि समुहका सदस्यहरुलाई समुदायमा आधारीत संरक्षण प्रणाली सम्वन्धि ५ दिने तालीम मा नगरक्षेत्रका २३ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

बर्दघाट नगरापलिकाकी उप–प्रमुख माया देवि पौडेलको अध्यक्षता र महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा शर्माको संचालन रहेको कार्यक्रममा प्रमुख प्रसशासकिय अधिकृत मेघराज पाध्या,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.