Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा विपन्न, गरिब तथा दलित विद्यार्थीहरुलाई न्यानो कपडा वितरण ।

0 32

कृष्ण ढकाल/रामु भुषाल
बर्दघाट,पौष–२२
बर्दघाट नगरपालिकाले वडा नम्बर ४ मा अवस्थित नवजिवन माध्यमिक विद्यालय बाढिपिडितका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच न्यायो कपडा वितरण गरेको छ । विद्यालयका ब्यवथापन समितिका अध्यक्ष मञ्जु चालिसेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्मुख अतिथि पौडेलले विपन्न, गरिब तथा दलित बस्तीहरुमा रहेका विद्यालयहरुमा विद्यार्थीहरु जाडोबाट प्रभावित हुने हुदा ती बालबालिकाहरुलाई लक्षित गरि यो अभियान सञ्चालन गरिएको बताउदै नगरले शिक्षा क्षेत्रमा चासोका साथ काम गरिरहेको र विद्यालयहरुलाई नगरको तर्पmबाट निरन्तर सहयोग रही रहने प्रतिबद्धता जनाउनुभयो ।
साथै सोही अवसरमा अतिथिहरु बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रबक्ता रविन्द्र विक्रम हमाल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, बर्दघाट नगरपालिकाका नगर शिक्षा प्रमुख इन्द्र कुमार कुवर लगाएत टोल विकास सस्थाका प्रतिनिधि, सञ्चाकर्मीहरुको आतिथ्यता रहेको थियो भने विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी लगाएत अभिभावकहरुको उपथिती रहेको थियो । कार्यक्रममा नव जिवन माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका गरिब तथा विपन्न बालबालिकाहरु गरि ६७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । बर्दघाट नगरपालिकको विपत ब्यवस्थापन समितिको निर्णय अनुसार नगर भित्रका ३३ सामुदायिक विद्यलाय र २ मदरसा गरि ३५ वटा सरकारी विद्यलयमा जाडो मौसमलाई लक्षित गरि विद्यालयमा अध्ययनरत विपन्न वगृका छात्र छात्राहरुलाई न्यानो कपडा उनीको स्वीटर र टोपी वितरण गर्न लागिएको हो । सो अभियानमा करिब ५ लाखको लागतमा नगर भित्रका एक हजार विद्यार्थीहरुलाई न्यो कपडा वितरण गर्ने योजना रहेको बर्दघाट नगर शिक्षा अधिकृत इन्द्र बहादुर कुवरले जानकारी दिनुभएको छ । विद्यालयका प्रअ अर्जुन पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक मेघराज अधिकारीले गर्नुभएको थियो ।
उता
बर्दघाट नगरपालिका वडा नं. ५ बन्डाखोलामा रहेको जितपुर माविका विद्यार्थीहरुलाई पनि न्यानो कपडा अर्थात सुईटर र टोपी वितरण गरीएको छ । बर्दघाट नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रेशमीराज भट्टराईको प्रमुख आतिथ्यतामा उक्त न्यानो कपडा वितरण कार्य सम्पन्न् भएको थियो । नगरपालिकाको सहयोगमा गरीव तथा अति विपन्न परािरका विद्यार्थीहरुलाई उक्त न्यानो कपडा वितरण गरीएको विद्यालयका प्रध्यानाध्यापक दिपक पोखरेलले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.