Jilla Ban Notis

बर्दघाट नगरपालिकाको सातौं नगर सभा सम्पन्न् ।

बर्दघाट नगर शिक्षा ऐन २०७७ र सार्वजनिक निजि साझेदारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येक पारित

0 32

कुस्माकर ढकाल
नवलपरासी,माघ–२९
नवलपरासीको बर्दघाट नगरपालिकाको सातौं नगर सभा सम्पन्न् भएको छ । आज भएको नगरसभाले बर्दघाट नगर शिक्षा ऐन २०७७ र सार्वजनिक निजि साझेदारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येक पारित गरेको छ । त्यसैगरी नगरले २०७७ जेष्ठ ३० भित्र नगरलाई बालमैत्री नगरको रुपमा धोषणा गर्ने निर्णय गरेतापनि कोभिड १९ का कारण आवश्यक तयारी पुरा गर्न नसकिएकाले २०७८ जेष्ठ ३० भित्र आवश्यक तयारी पुरा गरि बाल मैत्री नगर घोषणा गर्ने निर्णय भएको नगर प्रमुख धिरज शर्मा बस्यालले नगर सभा समक्ष प्रस्तुत गर्नुभएको थियो । ।

विगत साढे तिन बर्षको अवधिमा नगरमा सम्पादन भएका कार्यको सक्षिंप्त जानकारी सहित चालु आर्थिक बर्षको बार्षिक कार्यक्रमको अहिले सम्मको अवस्थाका वारेमा नगरसभा सदस्यहरुलाई जानकारी गराईएको थियो ।

त्यसैगरी सभाध्यक्ष एव नगर प्रमुख बस्यालले नगर सभा समक्ष आर्थिक बर्ष २०७६÷०७७ को कुल बजेट ८६ करोड ७७ लाख १४ हजार २ सय ५५ रुपिया मध्ये ६२ करोड ८६ लाख ४३ हजार १ सय २ रुपैया निकासी भई सोही बराबर ७२ दशमलव ५ प्रतिशत खर्च भएको जानकारी गराउनु भएको थियो।

त्यसैगरी चालु आर्थिक बर्ष २०७७÷०७८ मा ९६ करोड ८६ लाख १ हजार ५ सय ७० रुपिया बजेट भएकोमा यही माघ २६ गते सम्ममा २८ करोड ९३ लाख २९ हजार ५ सय ५१ रुपिया निकासा भई कुल २९ दशमलव ८७ प्रतिशत खर्च भएको नगरसभा सदस्यहरुलाई जानकारी गराईएको थियो ।

त्यस्तै नगरले चालु आर्थिक बर्षमा ३ करोड १५ हजार आन्तरिक आम्दानी अनुमान गरिएकोमा ०७७ पौष मसान्त सम्म १ करोड ३ लाख ८९ हजार २ सय ९३ रुपिया अर्थात ३४ दशमलव ९१ प्रतिशत समग्र आमदानी भएको प्रतिबेदन नगर प्रमुख बस्यालले नगर सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

नगर सभामा बोल्दै नगर प्रमुख बस्यालले कार्यक्रममा सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले कोभिड १९ विरुद्धको खोपको पहुँच सबै नगरबासी सम्म पुर्याई यस बाट हुने थप मानविय क्षतिको न्यु्निकरण गर्न नगरको दायित्व रहेको र चालु आर्थिक बर्ष र आगामी आर्थिक बर्षका बार्षिक विकास योजनाको प्रभावकारी कार्यान्वयन गर्न ,सेवा प्रभाव र कार्य सम्पादन अझ बढी पारदर्शि, जवाफदेही, चु्स्त दुरुस्त तथा प्रभावकारी बनाउने नगरको लक्ष्य रहेको बताउनु भएको थियो ।

कार्यक्रममा भुमिहिन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने राज्यको सबैधानिक दायित्व अनुरुप भुमि सम्बन्धी समस्या आयोग मार्फत प्रकाशित सुचना अनुसार यही फाल्गुन १९ सम्म नगर भित्रका भुमिहिन, सुकुम्बासी र दलित भुमिहिन अब्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने कार्यको सुरुवात भइसकेको

Leave A Reply

Your email address will not be published.