Jilla Ban Notis

बर्दघाट नगरका विद्यालयहरुमा भित्तेपत्रिका प्रकाशन गर्ने होटबाजी चल्दै ।

0 138

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१३
बर्दघाट नगरका विद्यालयहरुमा भित्तेपत्रिका प्रकाशन गर्ने होटबाजी चलेको छ । गाउँले दर्पण मिडिया प्रा.लि.ले बर्दघाट नगरका २६ वटा माबि तहका अतिरिक्त क्रियाकलाप शिक्षकहरुलाई जम्मा गरेर भित्तेपत्रिका प्रकाशन गर्ने तालीम प्रदान गरेसंगै अहिले बर्दघाट नगरका विद्यालयहरुमा भित्तेपत्रिका प्रकाशन गर्ने होटबाजी चलेको हो ।

बिधार्थीकहरुको प्रतिभालाई उजागर गर्ने , समुदाय तथा विद्यालयका सरोकारवालाहरुलाई जिम्मेवार बनाउने र बिधार्थीहरुको कला र सिपको विकास गर्ने उद्धेश्यले यो बाल भित्तेपत्रिका प्रकाशनको अभियान संचालन गरीएको बर्दघाट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले बताउनु भएको छ ।

हरेक शुक्रवार हुने क्रियाकलापहरु प्रभावकारी बनाउन, बिद्यार्थीहरुको रचनात्मक तथा सृजनात्मक कार्यलाई थप प्रभावकारी बनाउन र विद्यालय परिवारलाई जिम्मेवार बनाउन भित्तेपत्रिका प्रकाशनले थप मद्दत पुग्ने गरेको शान्ति निकुञ्ज मा.बी. बर्दघाट–५,पाल्डाँडाका प्रध्यानाध्यापक विजयरत्न पराजुलीले बताउनु भएको छ ।

बर्दघाट नगरका विद्यालयहरुमा भित्तेपत्रिका प्रकाशन गर्ने अभियान अन्र्तगत पहिलो चरणमा शिक्षकहरुलाई प्रशिक्षीत गरीएको थियो भने दोस्रो चरणमा तिनै प्रशिक्षीत शिक्षकहरुले आ–आफ्नो विधालयका बिद्यार्थीहरुलाई प्रशिक्षीत गरेर भित्तेपत्रिका प्रकाशन गर्ने अभियान संचालन गरे अनुसार अहिले बर्दघाट नगरका विद्यालयहरुले भित्तेपत्रिका प्रकाशन गर्ने होटबाजी गरीरहेका छन् ।

अहिले कतिपय विधालयहरुले बिधार्थीहरुलाई प्रशिक्षीत गर्दैछन भने केहिले गरेर पनि प्रकाशन गरीसकेका छन ।

Leave A Reply

Your email address will not be published.