Jilla Ban Notis

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्धारा निजी तथा सामुदायिक विद्यालयहरुमा खानेपानी र सरसफाइको अवस्था बारे अनुगमन

0 20

रामु भुषाल

बर्दघाट,पौष–२१

पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्धारा खानेपानी वितरण भएका निजी तथा सामुदायिक विद्यालयहरुको खानेपानी र सरसफाइको अवस्था बारे सोमबार अनुगमन गरेको छ । संस्थाद्धारा गठित खानेपानी सुरक्षा योजना समितीका संयोजक एवं संस्थाका उपाध्यक्ष धातानन्द बस्यालको नेतृत्वमा समितीका पदाधिकारी, कार्यसमितीका पदाधिकारी र संस्थाका प्रविधिकद्धारा बर्दघाट ४ मा रहेका ३ सामुदायिक विद्यालय र ५ नीजि विद्यालय गरि ८ विद्यालयमा खानेपानी र सरसफाइको व्यवस्थापन र अवस्थाको बारेमा अनुगमन गरिएको हो । खानेपानी सुरक्षा योजना समितीको वार्षिक कार्ययोजना अनुसार अनुगमन गरि विद्यालयहरुलाई सल्लाह सुझाव समेत दिइएको र खानेपानीद्धारा वितरण गरिएको पानी भण्डारणका साथै प्रयोग र सुरक्षाका बारेमा पनि जानकारी गराइएको संयोजक बस्यालले जानकारी दिनुभयो । अनुगमनका क्रममा केहि विद्यालयहरुमा पानी भण्डारण र वितरण प्रणालाीमा केहि असुरक्षा देखिएकाले तत्काल सुधार गर्न अनुरोध गरिएको र विद्यालयका पानी भण्डारण गर्ने ट्यांकीहरुमा पानी सुद्धिकरणका लागि औषधि समेत राखिएको सुरक्षा समिती सदस्य स्वास्थ्यकर्मी इन्द्र लामिछानेले बताउनुभयो । सो अवसरमा विद्यालयका प्रअहरुले आफ्नो विद्यालयले बालबालिकालाई शुद्ध पानी खुवाउन प्रयासरत रहेको र संस्थाद्धारा वितरण गरिएको पानी सिधै धाराबाट प्रयोग समेत गरिएको हुदा संस्थाले पनि पानी वितरण प्रणालीलाई सुरक्षित बनाउन आग्रह समेत गरेका थिए । बर्दघाट ४ मा अवस्थित बर्दघाट खानेपानी संस्थाले वडाभित्रका करिब ३ हजार ३ सय घरधुरीलाई २४ सै घण्टा पानी वितरण गरेको र संस्थामा खानेपानी सुरक्षा योजना समिती गठन गरि संस्थाद्धारा वितरित पानीलाई सफा, स्वच्छ र सुरक्षित बनाउन प्रयासरत रहेको संस्थाका व्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.