Jilla Ban Notis

बर्दघाटमा  पालिका स्तरिय खोप समन्वय समितिको कार्यक्रम  सम्पन्न

0 14

बर्दघाट,फाल्गुन २०
नेपाल सरकारले सञ्चालन गर्ने दोस्रो चरणको कोभिड १९ कोरोना खोप सम्बन्धी पालिका स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम बर्दघाट नगरपालिकामा विहिबार सम्पन्न भएको छ । बर्दघाट नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले गर्नुभएको थियो । सो सो अवसरमा बोल्दै नगर प्रमुख बस्यालले अहिले सञ्चालन हुन लागेको दोस्रो चरणको कोभिड १९ विरुद्धको कोरोना खोप सबै लक्षित समुहले लगाउनका लागी सम्पुर्णले सहयोग गर्नुहुन आग्रह गर्नुभएको थियो । बस्यालले क्रमश सबै पालिका बासिहरुलाई खोपको पहुचमा पुर्याउने बर्दघाट नगरपालिकाको लक्ष्य रहेको समेत जानकारी गराउनुभएको थियो ।
बर्दघाट नगरपालिका अन्र्तगतका वडाध्यक्षहरु, पालिकाका पदाधिकारी, कर्मचारी, स्वास्थ्य सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ सस्थाका पदाधिकारी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवलीले गर्नुभएको थियो । बर्दघाट नगरपालिकामा हाल सम्म ३ सय ५० जनामा कोरोना पोजेटिभ देखिएकोमा १३ जनाको निधन भएको तथ्याकं छ । कोरोना खोप अभियानको दोस्रो चरण अन्र्तगत नगरमा ५५ बर्ष माथिका जेष्ठ नागरिक, सार्वजनिक यातायातका सवारी चालक, अटो चालक लगाएत ११ हजार ८ सय ३४ जनालाई खोप लगाउने लक्ष्य रहेपनि अहिले ६५ बर्ष उमेर समुह माथिका ४ हजार जनालाई खोप दिन लागिएको शाखा प्रमुख माधव ज्ञवलीले जानकारी दिनभएको छ ।
अब सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्ने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउने व्यक्तिहरुले उमेर खुल्ने परिचयपत्र तथा स्थानीय निकायको सिफारिस लिएर खोप केन्द्रमा जानुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । उहाँले कोरोना भाइरस विरुद्धको खोप विश्व स्वास्थ्य संगठनले पनि प्रयोगका लागि अनुमति दिइसकेको भन्दै कोभिसिल्ड खोप सुरक्षित भएको बताउनुभयो ।


यस्तै, विज्ञले कोरोना विरुद्ध खोप लगाउन ज्येष्ठ नागरिकलाई सहयोग गरिदिन आग्रह गरेका छन् । खोप सुरक्षित रहेकाले ढुक्क हुन उनीहरुको आग्रह छ । कोभिसिल्ड खोपको दुई मात्रा लगाउनु पर्छ । खोपको पहिलो डोज लगाइसकेका व्यक्तिले पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्छ । खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, शरीर दुख्ने, थकाइ लाग्ने जस्ता सामान्य लक्षण देखिने र यस्ता लक्षण केही समयमा ठीक भएर जाने भन्दै ढुक्क भएर खोप लगाउन विज्ञको आग्रह छ ।

Leave A Reply

Your email address will not be published.