कृष्ण ढकाल
बर्दघाट,असोज–१०
फूट प्रिन्ट अटोहव प्रा.ली. बर्दघाटको आज एक कार्यक्रमका विच समुद्घाटन गरीएको छ । टि.भि.एस. कम्पनीका मोटरसाईकलहरुको विक्रेता कम्पनि फूट प्रिन्ट अटोहव प्रा.ली. बर्दघाटको समुद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले गर्नु भएको हो ।
समुद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य अधिकारीले युवाहरु ब्यवसायमा जोडीदै जानुले बर्दघाट नगरको आर्थिक समृद्धिका लागि थपटेवा पुग्नेमा आफुविश्वस्त रहेको बताउनु भएको थियो । युवाहरु रोजगारीका लागि भौतारीदै विदेश जानेको संख्या बढीरहेका बेला स्वदेशमा नै रहेर अरुलाई समेत रोजगारी दिने प्रयत्न गरेको प्रति धन्यवाद दिदै ब्यवसायीक सफलताको कामना गर्नु भएको थियो ।
संचालक ज्ञानेन्द्र पौडलको अध्यक्षता ,विवेक भट्टराईको स्वागत र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथयतामा भएको उक्त कार्यक्रममा बर्दघाट नगरका निर्वतमान नगर प्रमुख धिरज शर्मा बस्याल,बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएतले ब्यवसायीक सफलताका वारेमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।