Jilla Ban Notis

बर्दघाटका स्थायिन संचार गृह र पत्रकारहरुसंग परिचयात्मक कार्यक्रम सम्पन्न् ।

0 52

कृष्ण ढकाल
बर्दघाट,साउन–२४
स्थायिन संचार गृह र पत्रकारहरुले बर्दघाट नगरको विकास र समृद्धिका लागि आफ्नो तर्फवाट सहयोग गर्न नगर प्रमुख शम्भुलाल श्रेष्ठले पत्रकारहरुसंग आग्रह गर्नु भएको छ । आज नगर प्रमुखको कार्यकक्षमा आयोजना गरीएको पत्रकार ,जनप्रतिनिधि र प्रमुख प्रशासकिय अघिकृत तथा शाखा प्रमुखहरुसंगको औपचारीक परिचयात्मक कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

आफु नगर प्रमुख भएर आएसंगै कामको शिलशिलामा ब्यस्त भएकाले पत्रकारहरुसंग औपचारीक रुपमा छलफल तथा परिचय गर्न नपाएको र अहिले प्रमुख प्रशासकिय अधिकृत पनि नयां आउनु भएको मौका परेकाले आज औपचारीक परिचयात्मक कार्यक्रम गरीएको बताउनु भएको थियो ।

कार्यक्रममा पत्रकारहरुले बर्दघाट नगरका संचारगृह र पकारहरुलाई नगरपालिकाको तर्फवाट हेर्ने दृष्टिकोण र नगरले चाहेको अपेक्षाका वारेमा खुलेर जिज्ञासा राख्ने देखि गुनोसो पोख्ने सम्म गरेका थिए ।
नगरपालिकावाट पत्रकारलाई दिनु पर्ने सुचना तथा आमन्त्रणमा भएको असुविद्या देखि नगरवाट हुने विभिन्न खालका सुचना तथा सन्देशहरुको ब्यवस्थापकिय पक्ष प्रति गुनासो गरेका थिए । त्यसैगरी पत्रकारहरुले आफुहरु पनि नगरको एक जिम्मेवार नागरीक भएकाले आफ्नो तर्फवाट गर्नु पर्ने दायित्वमा कहिकतै चुकेको भएमा सच्चिनु पर्ने र जनप्रतिनिधि तथा कर्मचारीहरु पनि सच्चिएर अब सहकार्य गरेरै अघिबढ्न आग्रह गरेका थिए ।

कार्यक्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्ययाले ढिलै भएपनि पत्रकारहरुसंग औपचारीक रुपमा छलफल तथा परिचय गर्न पाएकोमा खुशि ब्यक्त गर्दै आगामि दिनमा पत्रकारहरुलाई गुनासो गर्ने स्थान नछोडेर सहकार्य गरेरै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहांले आफुहरुले मिडियालाई बचाउने गरी योजना ल्याउदै गरेको पनि जानकारी गराउनु भएको थियो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले सबैको साथ र सहयोगले नै नगर समृद्ध बनाउन सकिने भएकाले नगरले अघिसारेका योजना र नगरवासीहरुका चाहना सहजरुपमा पुरा गर्न आफु आफ्नो स्थानवाट कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.