Jilla Ban Notis

प्रभु बैंक बर्दघाट शाखाद्धारा खाद्यान्न सहयोग ।

0 49

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२७
बर्दघाट बजारमा रहेको प्रभु बैंकको शाखा कार्यालयले बर्दघाट नगर प्रकोप ब्यवस्थापन कोषमा ७५ हजार रुपैयाँ बरावरको खाद्यान्न हस्तान्तरण गरेको छ । बैकका शाखा प्रबन्धक शेष मणि पटेलसहितको टोली नगरपालिकामा पुगेर उक्त खाद्य सामान नगर प्रमुख धिरज शर्मा बस्याललाई हस्तान्तरण गर्नु भएको थियो ।
कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणवाट बच्न गरेको लक डाउनका बेला गरीब तथा अतिविपन्न र ज्यालमज्दुरी गर्ने घरपरिवारलाई दैनिक छाट र्टान गाह्रो भएको ले उनिहरुको दैनिकीमा केही राहत होस भनि नगरपालिका मार्फत वितरण गर्नका लागि उक्त खाद्यान्न सहयोग गरेको बैकका शाखा प्रबन्धक शेष मणि पटेल ले गाउँले दर्पण अनलाइनलाई जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.