Jilla Ban Notis

प्रधानमन्त्री कृषि परियोजना नवलपरासीका प्रमुख ओझाको बिदाई

0 57

परासी, १७ भदौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई कार्यालय पश्चिम नवलपरासीका प्रमुख राकेश कुमार ओझालाई सम्मानसहित विदाई गरिएको छ । जिल्लाबाट परियोजनाको कार्यालय हटेपछि कपिलवस्तु सरुवा हुनुभएका ओझालाई आज कृषक हकहित संरक्षण मञ्चले सम्मान गर्दै विदाई गरेको हो ।

जिल्लामा रहँदा प्रमुख ओझाले किसानको अधिकतम हितमा काम गरेको तथा सहज र सुलभ रुपमा सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको मञ्चका जिल्ला अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो । प्रमुख ओझाले करिव एक वर्षको नवलपरासी बसाँई सुखद भएको र सबैको सहयोग पनि पाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

गत असोजमा स्थापना भएको परियोजनाले जिल्लामा गहुँ जोन कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर गत वैशाखमा संघीय कृषि मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट नवलपरासीको भूमहीमा रहेको यस कार्यालयलाई रुपन्देहीमा गाम्ने निर्णय गरेपछि पश्चिम नवलपरासीमा परियोजनाको ईकाई कार्यालय हटेर सेवा केन्द्रको रुपमा सञ्चालन हुन लागेको प्रमुख ओझाले बताउनुभयो । स्थापनाको छोटो समयमै जिल्लाबाट कार्यालय हटाउँदा किसानलाई समस्या भएको भन्दै जिल्लाका कृषकहरुले विरोध गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.