Jilla Ban Notis

प्रदेश सभा सदस्य वैजनाथ जैसवालद्वारा मास्क,सेनिटाइजर,सावुन बितरण

0 23

उमेश बि.क /गौरी शंकर जयसवाल

नवलपरासी ,२२ चैत

नवलपरासी का प्रदेश सभा सदस्य वैजनाथ जैसवालले आफ्नो कार्य क्षेत्र वासीहरूलाई मास्क,सेनिटाइजर,सावुन बितरण कार्य सुरु गर्नुभएको छ। विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस  महामारीको कारण सरकारले गरेको लकडाउनमा आफ्नो कार्य क्षेत्र वासीहरूलाई कोरोनाबाट बचाउनको लागि मास्क,सेनिटाइजर,सावुन बितरण कार्य सुरु गरिएको प्रदेश सभा सदस्य जैसवालले बताउनु भएको छ। मास्क,सेनिटाइजर,सावुन बितरण शनिबार पाल्हिनन्दन गाउँपालिका वडा नं।१ रमपुरवा वाट सुरू गरिएको हो । मास्क,सेनिटाइजर,सावुन बितरण पाल्हिनन्दन गाउँपालिका वडा नं.१ का ११ सय घरधुरीलाई बितरण गरिएको र क्रमश  प्रदेश सभा सदस्य कार्यक्षेत्र भित्र सम्पुर्ण घरधुरीलाई बितरण गरिने जैसवालले बताउनु भएको छ। विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस  को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतको उपाय अपनाउन आम जनसमुदाय आग्रह गर्नु भएको हो। सो बितरण कार्यक्रममा प्रदेश सभा सदस्य वैजनाथ जैसवाल, पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष पबित्रा कोहार ,वडा नं. १ का वडा अध्यक्ष लल्लन यादव , नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँपालिका वडा नं १ ईकाइ सभापति चुल्हाइ यादव, ने.बि संघका इमामुल अलि लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.