Jilla Ban Notis

प्रतापपुर गाउंपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन ।

0 22

बर्दघाट,जेष्ठ–३२

पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परि आज मृत्यु भएको छ । शर्मा सदरमुकाम परासीमा विपद् व्यवस्थापन समितिको बैठकमा सहभागि हुनका लागि गाउंपालिकाको लु १ झ ३७० नं को स्कर्पियो आफैले चलाएर जाने क्रममा दुर्घटना भएको थियो । आज विहान ११ बजे बर्दघाट नगरपालिका वडा नं ४ लक्ष्मीनगर सडकमा रहेको कल्भटबाट तल खस्दा घनास्थलमै शर्माको निधन भएको बताईएको छ । घट्ना भएलगत्तै नजिकै रहेको चिसापानी अस्पताल लगेको केही समयमा नै अस्पताल शर्मालाई मृत घोषणा गरेको थियो । सडकमा हिडि रहेकी एक पैदल यात्री महिलालाई बचाउने क्रममा गाडि अनियन्त्रीत भई कल्भर्टबाट खसेको प्रध्यक्षदर्शीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.