Jilla Ban Notis

प्रतापपुर गाउँपालिका स्तरीय वास समन्वय समिति र कार्यदल गठन ।

0 33

शान्ति वि.क.

प्रतापपुर,माघ–१७
प्रतापपुर गाउँपालिका पश्चिम नवलपरासीमा गाउँपालिका अध्यक्ष राजकुमार शर्माको अध्यक्षतामा गाउँपालिकास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता [ वास ]समन्वय समिति र कार्यदल गठन गरिएको छ ।  गाउँपालिकामा शुक्रबार भएको भेलामा गठित २३ सदस्यीय समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहा, सदस्यहरुमा उपाध्यक्ष अञ्जु कुमारि चौधरि, वडा अध्यक्ष , शाखा संयोजक, सुचना प्रविधि अधिकृत , खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लगायत रहनु भएको छ ।
त्यस्तै ११ सदस्यीय कार्यदलको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहा, सदस्यहरुमा उपाध्यक्ष अञ्जु कुमारि चौधरि, वडा अध्यक्ष ईश्वरी प्रसाद थारु,  रामहरि उपाध्याय, जनसेवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था सेमरिका अध्यक्ष कमल शर्मा लगायत रहनु भएको छ ।
भेलाले  वडास्तरिय वास समन्वय समिति र कार्यदल गठन गर्ने साथै गाउँपालिकाको वास योजना निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न कार्यपालिका बैठक समक्ष अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
भेलामा गाउँपालिका अध्यक्ष राज कुमार शर्मा, प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहा, कार्यपालिका सदस्य बन्धु प्रसाद बरई, वडा नम्बर ८ का अध्यक्ष कादिर अलि, स्वास्थ्य शाखा संयोजक ऋषिदेव चौधरि, ईलाका प्रहरी कार्यालय बेलाटारिका सहायक प्रहरी निरिक्षक पुर्ण बहादुर प्रधान लगायतले बोल्नु भएको थियो ।  कार्यक्रममा बोल्ने वक्ताहरुले गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था सुदृढ बनाउन वास योजना निर्माण जरुरी रहेको बताउदै यसका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.