Jilla Ban Notis

प्रतापपुरमा ६ सरावलमा १ र बर्दघाटमा १ जना कोरोना संक्रमीत थपिए ।

0 40

कृष्ण ढकाल
बर्दघाट,भदौं–१०
नवलपरासी जिल्लामो कोभिड–१९ संक्रमणका ब्यक्तिहरुको संख्या दिनानुदिन बढीरहेको छ । कोभिड–१९ को नियन्त्रणको लागि जिल्लाका सातै पालिकाहरु र जिल्ला प्रसाशनले निक्कै पहल गरीरहदा पनि संक्रमणका ब्यक्तिहरुको संख्या दिनानुदिन बढीरहेको छ । अहिले सम्मको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको तथ्याक अनुसार आज अर्थात भर्दाे १० गते सम्मको जिल्लाका संस्थागत क्वारेन्टाइनमा रहेका व्यतिmहरुको द्रुत निदान र स्वाव संकलन तथा परिक्षणको विवरण अनुसार प्रतापपुर गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ४४,४२,३९ र ३१ का पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । त्यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ४२ र ३९ का पुरुष रप्रतापपुर गाउँपाकिला कै वडा नं. ३ बस्ने बर्ष ३७ का एक पुरुषमा समेत कोरोना संक्रमणको पुष्टिभएको छ ।
यता
सरावल गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ३८ को पुरुषमा पनि कोरोना संक्रमणको पुष्टिभएको छ ।

त्यसैगरी बर्दघाट नगरपालिकाको चिसापानीमा रहेको एक हाडवेयरको पसल संचालन गर्र्दै आएका व्यतिmको केहीदिन अगाडी दुर्घटना भई भैरहवा मेडिकल क्लेजमा उपचार भई रहेको बेलामा कोरोना संक्रमणको पुष्टिभएको छ । उनी वारा जिल्लाका बर्ष ५० वर्षीय पुरुष व्यतिm रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.