Jilla Ban Notis

प्याब्सन नवलपरासीका सबैविद्यालय भवनहरु क्वारेन्टाइनको लागि प्रदान गर्न सकिने ः अध्यक्ष गुरुङ्ग

0 22

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१३
प्याब्सन नवलपरासीले कोरोना भाईरसको आशंका गरीएकाहरुलाई राख्नका लागि सिङ्गो प्याब्सन नवलपरासीका विद्यालय भवनहरु क्वारेन्टाइनको लागि प्रदान गर्न सकिने बताएको छ । प्याब्सन नवलपरासीका अध्यक्ष ईन्द्र गुरुङ्गले आफ्नो सामाजिक संजालको फेसबुक पेज मार्फत स्टार्टस लेख्दै उक्त कुराको जानकारी गराउनु भएको हो ।   सिङ्गो बिश्व नै कोरोना भाईरस (कोभिड(ज्ञढ) संग जुधिरहेको यो विषम घडीमा राज्यले आफ्नो नागरिकहरु संक्रमित हुन बाट जोगाउनको लागि गरिएको “लक डाउन“ अर्थात अघोषित कर्फ्यु को ब्यवस्थालाई सम्पुर्ण समर्थन गर्दे आफ्नो संस्थाले सो निर्णय लिएको बताउनु भएको छ । उहांले आफ्नो स्टार्टसमा लेख्नु भएको छ प्याब्सनिस्ट मित्रहरू, शिक्षकरशिक्षिका एवं स्टाफहरु, सम्पुर्ण अभिभावक ज्युहरु, बालबालिका विद्यार्थी हरुले कडा अनुशासन का साथ घर भित्रै बसेर पालना गरि आफ्नो, परिवारको, समाजको तथा सिङ्गो रास्ट्रको सुरक्षा गरिदिनका लागि समेत अनुरोध गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.