Jilla Ban Notis

पिसिआर मेसिन संचालनका लागि निर्माणकार्य शुरु

0 23

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२१
नवलपरासी जिल्लामा पिसिआर मेसिन आएर पनि सञ्चालनमा ल्याउन नसकेपछि जिल्लाका सरोकारवालाहरुको बैठकले पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको नेतृत्वमा संचालनको लागि जिम्मा दिएको अर्काे दिनवाट कार्य शुरु भएको छ ।

नवलपरासीको पृथ्वी चन्द्र अस्पताल परासीका नाममा स्वास्थ्य तथा जनसङख्या मन्त्रालयवाट आएको उक्त पिसिआर मेसिन संचालनका लागि भवन अभाव भएका कारण संचालनमा ढिलाई भएको थियो ।


भवनको खोजीमा कहिले अस्पतालको ब्यबसायिक सटर भवनमाथि छतमा ट्रष्ट बनाएर संचालन गर्ने हल्ला त कहिले नवलपरासी उद्योग वाणीज्य संघको भवनमा संचालन गर्ने सल्लाह गर्देमा पिसिआर मेसिन आएर पनि सञ्चालनमा ल्याउन सकेको थिएन ।
विहिवार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षिय छलफलमा स्थानिय तहको नेतृत्वमा मेसिन संञ्चालनमा ल्याउने सहमति भएसंगै गुप्तालाई संचालनका लागि संयोजक तोकीए पछि
आजवाट पृथ्वी चन्द्र अस्पताल परिसरमा नै पिसिआर मेसिन सञ्चालनमा ल्याउने गरि पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता नेतृत्वले आजदेखि काम शुरु भएको छ । जिल्लाका लागि पठाएको पिसिआर मेसिन जडान गर्न ढिलाई हुँदा जनस्तरबाट आलोचना सुरु भएको छ ।

Leave A Reply

Your email address will not be published.