Jilla Ban Notis

पाल्हीनन्दन गाउँपालिका कोभिड–१९ पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा

0 111

गौरीशंकर जयसवाल

परासी २९ असार
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकाको सभाहलमा आज एक कार्यक्रम बिच पाल्हीनन्दनलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

नियमित खोपतर्फको पूर्ण खोपयुक्त जिल्ला समन्वय समितीका प्रमुख भगौती यादव र प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्ररेलले कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै जिसस प्रमुख भगौती यादवले स्वास्थ्य नै जिवन अपरिहार्य भएकोले स्वास्थ्यलाई बिशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । पालिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चित घोषणा भएपनि यसको कार्यन्वयनमा ध्यान दिनुपर्ने बताए । घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले कोभिड १९ मात्रै होईन बालबालीकालाई दिईने नियमित खोप पनि पुर्ण रुपमा निरन्तर दिनुपर्नेमा जोड दिए ।

पाल्हीनन्दन गाउँपालिकाले घरधुरी १६ देखी २३ महिनाका १०० प्रतिशत बालबालिकाहरुले पूर्ण मात्रा लगाएको र कोभिड १९ बिरुध्दको खोप १२ वर्ष माथीको उमेर समुहमा पहिलो तथा दोश्रो मात्रा शत प्रतिशत लगाएको पाइएकोले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरीएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ओमप्रकाश पन्थिले जानकारी दिए ।पालिकामा १२ बर्ष माथिका कुल ३२ हजार ४ सय २६ जनसख्या मध्ये २७ हजार ६ सय ९३ जनाले पूणर््ा खोप लगाएकोे तथ्याङ्क सर्बजनिक गरिएको थियो ।

गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताको अध्यक्षतामा कोभिड–१९ विरुद्धको पूर्ण खोप तथा पूर्ण खोप सुनिश्चितको ा कार्यक्रममा जिल्लाका सबैसुरक्षा निकाय प्रमुखहरु ,गाउँपालिका उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत लगाएत नगरका स्वास्थ्यकर्मी ,स्वास्थ्य स्यमसेवीका,पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

जिल्लामा कोरोना विरुद्ध पुर्ण खोप सुनिश्चित भएका पालिका ६ वटा भघोपाण भईसकेको छ भने रामग्राम नगरपालिका मात्र बाँकी रहेको छ ।

 

Leave A Reply

Your email address will not be published.