Jilla Ban Notis

पाल्हीनन्दन गाउँपालिकाद्धारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

0 20

मोहन पौडेल

परासी, १७ असार

नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले सम्भावित विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाल प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।   वर्षेनी डुवानको समस्या रहेकाले त्यसबाट हुने क्षति कम गर्न गाउँपालिकाले आफ्नै स्रोतबाट विपद् व्यवस्थापनका सामग्री खरीद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । विपद् व्यवस्थापन सामग्रीको सहायताले विपद्को घटना हुँदा उद्धारका लागि खटिने सुरक्षाकर्मीलाई सहज हुने अध्यक्ष गुप्ताले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गुप्ताले लाईफ बुवरी रिङ्ग एक थान, मेगा फोन एक थान, आरी एक थान, हेल्मेट दश थान, स्टेचर एक थान, रिफ्लेक्टिङ् ज्याकेट छ थान, फायर बल चार थान, हेल्मेट डिजाईन ८ थान, गैती चार थान, कोदालो चार थान,लाईफ ज्याकेट ११ थान, बेल्चा चार थान, सर्चलाईट ठूलो तीन थान, सर्चलाईट सानो एक थान, रोप÷रस्सी २० किलो, गमबुट ११ थान गरी १६ प्रकारका विपद् व्यवस्थापन सामग्री सीमा प्रहरी चौकी महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई हस्तान्तरण गर्नुभएको गाउँपालिकाका विपद् व्यवस्थापन प्रमुख प्रदीप तिवारीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.