Jilla Ban Notis

पाल्हीनन्दन गाउँपालिकाको छैठौ गाँउ सभा सम्पन्न ।

छैठौ गाँउ सभामा १ करोड १९ लाखको समपुरक कोषको व्यवस्था

0 31
गौरीशंकर जयसवाल
परासी, चैत ५ 
पश्चिम नवलपरासीको पाल्हीनन्दन  गाँउपालीकाको छैठौ गाँउ सभा  सम्पन्न भएको छ । पाल्हीनन्दन गाउँपालिकाको वडा नम्बर चारमा  छैठौ गाँउ सभामा गाँउसभाले प्राविधिक कारणले संञ्चालन हुन नसकेको योजना परिर्वतन गरेको छ । ‘‘विविध कारणले संञ्चालन हुन नसकेका योजना परिर्वतन गरीएको गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले बताए ।गाँउसभाले समपुरक कोषको समेत व्यवस्था गरेको छ । विगतको गाँउसभाले कोषको व्यवस्था नगर्दा समस्या भएकाले १ करोड १९ लाखको समपुरक कोषको व्यवस्था गरिएको श्रीवस्तावले जानकारी दिए । समपुरक अनुदान तर्फ प्रदेश सरकारका चार योजना छनौट गरिएको छ । जसमा आधा रकम गाँउपालीकाले र आधा रकम प्रदेश सरकारले व्यहोर्ने योजना छ  । साथै सभाले प्रशासानिक तथा चालु तर्फका खर्च कटौती गरेर कोषको व्यवस्था गरिएको अधिकृत श्रीवास्तले बताए । गाउ सभाले विभिन्न कार्यविधि पनि पारित गरेको छ । जस्मा घर बहाल कर सम्बन्धी कार्यविधि, व्यवसाय दर्ता सम्बन्धी, एम्बुलेन्स सम्बन्धी संगै सामि परियोजनाका संञ्चालन सम्बन्धी कार्यविधि पारित गरेको छ ।  वास कार्यक्रमका लागी ५ लाख बजेट पनि विनियोजन गरिएको छ । सभाले स्वास्थ्य शिक्षा खानेपानीमा प्रप्र्यत बजेट बिनयोजन गरेको गाउँपालिकाले जानएको छ ।
 गाँउसभा गर्दे गाउपालीका अध्यक्ष बैजुप्रसाद गुप्ताले गाँउपालीकाको विकास नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै आफु स साना व्यक्तिगत स्वार्थमा नअल्झिने बताए । गाँउपालीकाकालाई नमुना बनाउने गरी विकास निर्माणका काममा लागिरहेकोले यस्मा सबैले साथ दिनुपर्नेमा उनले जोड दिए ।गाँउपालीका उपाध्यक्ष पावित्री कोहारले सबै मिलेर गाउँपालीकाको विकासमा जुट्नुपर्नेमा जोड दिईन ।गाउसभामा गाँउपालीका प्रवक्ता तथा वडा नम्बर चारका अध्यक्ष संजय कुमार पाठकले सबैलाई धन्यवाद मन्तव्य व्यक्त गरेका थिए  । छैठौ गाँउ सभामा पाल्हीनन्दन गाउँपालिकाको योजना तथा अनुगमनप्रमुख अनिल कुमार चौधरी,गाउँपालिकाका लेखा अधिकृत शंकर पुरी,लेखापाल दिलिपी कुमार यादव गाउँपालिकाका सबै वडाका अध्यक्ष तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.