Jilla Ban Notis

पानीलगाएर हिंउदे बालीनष्ट बनाएपछि किसानहरुद्धारा क्षतीपूर्तिको माग ।

0 272

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१५
बर्दघाट नगरपालिका वडा नम्वर–११ भगजोगनीका किसानहरुले लगाएको हिंउदे बालीमा माछामार्ने ब्यीक्तहरुले पानी लगाएर हिंउदे बालीनष्ट बनाएपछि किसानहरुले क्षतीपूर्तिको माग गरेका छन् ।
बर्दघाट नगरपालिका वडा नम्वर–११ विजयपुरमा रहेको अल्हौली खोलामा गत कार्तिक २९ गते राती विजयापुरका ब्यक्तिहरुले माछामार्ने क्रममा किसानले भर्खरै लगाएको गहुँ,तोरी,मसुरो र आलुको खेतीमा पानी को ताल बनाई खेती नष्ट भएकाले किसानहरुले वडा र नगर समक्ष क्षेतीपूर्तिको माग गरेका छन् ।

भगजोनी टोलको लगभग ९ विघा ४ कठ्ठा जग्गामा लगाएको खेती नष्ठ भएपछि वडा कार्यालय मार्फत नगरमा उजुरी पुगेको थियो । नगरमा उजुरी पुगेसंगै आज बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन एवं न्यायीक समितिका संयोजक रुद्रप्रकाश उपाध्याय,सदस्य मञ्जु चालिसे , कृषि शाखाका प्राविधिक खुमकान्त न्यौपाने र पत्रकार सहितको टोलीले उक्त डुबान एरियाको स्थलगत अनुगमन समेत गरेको छ।

अनुगमनका क्रममा नगर उप–प्रमुख तथा अनुगमन एवं न्यायीक समितिका संयोजक उपाध्यायले घट्नाको पूर्ण विवरण नगरपालिकामा उपलब्ध गराउन आग्रह गर्दै विवरण प्राप्त भएसंगै प्रक्रिया अघि बढ्उने बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.