Jilla Ban Notis

परासी मेलामा आठ हजार बढी दर्शकद्धारा अवलोकन

0 31

मोहन पौडेल

परासी, १३ मंसिर

परासीमा जारी नवलपरासी औद्योगिक व्यापार मेलाको आज एघारौँ दिन आठ हजार बढी दर्शकले अवलोकन गरेका छन् । मेलामा आज चर्चित भोजपुरी गायक धनन्जय धड्कनको आगमन र कुस्तीको रौनक भईरहेको जानकारी पाएपछि दर्शकहरुको एक्कासी घुँइचो बढेको थियो । बुधबारदेखि सञ्चालन गरिएको कुस्ती प्रतियोगिता हेर्न दर्शकहरुको उत्साहजनक भीड बढेको थियो । कुस्ती प्रतियोगिता आज सकिएको छ । कुस्तीमा नेपाल र भारतका गरी दश जोडि पहलमानहरुले सहभागिता जनाएका थिए । कुस्ती प्रतियोगिताले मेलाको रौनक थप बढाएको मेलाका प्रवक्ता गिरीराज पाण्डेले जानकारी दिनुभयो । मेलामा दर्शकको सहभागिता बढेसँगै आर्थिक कारोबार पनि उत्साहजनक रुपमा बढेको व्यवसायीहरुले बताएका छन् । मेलामा आज भोजपुरी गायक धनन्जय धड्कन, मोडल रीया श्रेष्ठ, श्रीनिवास, अर्जुन मिश्रा, हांस्यकलाकार विशाल थापा लगायतको बेजोड प्रस्तुति रहेको थियो । मेलामा भोली १२ औँ दिन चर्चित गायक दुर्गेश थापा, अर्जुन कौशल, रोयल्स व्याण्ड लगायतको प्रस्तुति रहने मेला आयोजक उद्योग वाणिज्य संघ नवलपरासीका सचिव एवं सांस्कृतिक कार्यक्रम संयोजक तारा आचार्यले जानकारी दिनुभयो । मंसिर १५ गतेसम्म सञ्चालन हुने मेलामा एक सय पचास बढी स्टल रहेका छन् । मेलाको मंसिर ३ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डेले उद्घाटन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.