Jilla Ban Notis

पञ्चनगर बजार विकास संस्थाको साधारण सभा सम्पन्न् ,जनप्रतिनिधिहरुवाट अनुगमन फितलो ः ब्यापारी

ब्यापारीहरुले अनुगमनका क्रममा वरामत गरेर दिएको सामान प्रहरी प्रशासनवाट नै गायब ः ब्यापारी

0 50

कृष्ण ढकाल
बर्दघाट,असार–२५
पञ्चनगर बजार विकास संस्था,बर्दघाट–९ भुताहाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष रामजी चापागाईको अध्यक्षता र बर्दघाट नगर कार्यपालिकाका प्रवक्ता सन्तु गाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले उद्योगी ब्यवसायिहरुको समस्या र चुनौतीका वारेमा बढी गुनासो गरेका थिए ।

ब्यापारीहरुले झोले ब्यापारीहरुसंग सामान लिंदा उपभोक्ता र ब्यापारी दुबै ठगीने गरेको बताएका छन् । ब्यापारीहरुले अनुगमनका क्रममा अखाद्यवस्तु तथा अबैध वस्तु वरामत गरेर दिएको सामान प्रहरी प्रशासनवाट नै गायब हुने गरेको गुनासो गरेका थिए । आफुहरु वरामत गरेर दिएको सामानहरुको अहिले सम्म कुनै पनि जानकारी नपाउने गरेको उनीहरुको गुनासो रहेको थियो ।

त्यसैगरी ब्यवासायिहरुको पक्षमा रहेर कार्य गर्ने र खवरदारी गर्ने कार्यमा जनप्रतिनिधिहरु उदासिन रहेको उनीहरुको गुनासो रहेको थियो। बजार अनुगनलाई प्रभावकारी बनाउन नसकेको
र बजारमा कृर्तिम अभाब सृजना गर्ने ब्यापारीहरुको निगरानी बढाएर कानुनि दायरामा ल्याउनु पर्नेमा जोड दिएका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्ने बक्ताहरुले बजारको फोहर ब्यवस्थापनको पाटोसंगै सामाजिक कार्यमा समेत बजार विकास समिति लागि परेको प्रति खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर कार्यपालिकाका प्रवक्ता गाहाले नगरवाट हुने र गर्न मिल्ने सहयोग नगरले गर्ने बताउनु भएो थियो ।

नवलपरासीको बर्दघाट नगरपालिक वडा नम्वर ८,९,१० र ११ लाई आफ्नो सेवा क्षेत्र निर्धारण गरेर अघि बढेको पञ्चनगर बजार विकास संस्थामा अहिले १ हजार ७ सय ४ घर धुरीसंगै ८१ वटा ब्यवसायिक प्रतिष्ठानहरुको फोहर ब्यवस्थापन गर्दै आएको संस्थाका अध्यक्ष रामजी चापागाईले बताउनु भएको छ ।

आगामी दिनमा ल्याण्ड फिल्ड साईट निमार्णका लागि जग्गाको ब्यवस्थापन गर्ने देखि कुहिले,नकुहिने र सिसाजन्य वस्तुलाई समेत आलग अलग गर्ने गरी फोहर ब्यवस्थापन गर्ने सोंच लिएको अध्यक्ष चापागाईले बताउनु भएको छ ।

कार्यलय ब्यवस्थापनमा २ जना र फोहर ब्यवस्थापनमा २ जना गरी ४ जनालाई रोजगारी प्रदान गर्दै आएको उक्त संस्थाले यस आर्थिक वर्षमा भने ३ लाख २४ हजार ६ सय ८२ रुपैयाको आर्थिक कारोवार गर्न सफल भएको संस्थाका कोषाध्यक्ष सिता श्रेष्ठले प्रस्तुत् गर्नु भएको आर्थिक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

संस्थाका महासचिव जीत बहादुर चौधरीको संचालन रहेको उक्त कार्यक्रममा वडाध्यक्षद्धय कविराज आचार्य,फणेन्द्र चौधरी ,संस्थापक अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष यम बहादुर खत्री, बर्दघाट बजार विकास समितिका गोकर्ण शर्मा,ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री सुवेदी,गा्रमीण साकोसका अध्यक्ष देवि प्रसाद अधिकारी ,पञ्चनगर महिला कल्याण सहकारीका अध्यक्ष लोमा वाग्ले लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.