Jilla Ban Notis

पञ्चनगर खानेपानी संस्थाको अध्यक्षमा यम बहादुर क्षेत्री विजयी

0 40

कृष्ण ढकाल
बर्दघाट,फागुन–२२

बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पांचौं निर्वाचनवाट यम बहादुर क्ष्ँेत्री मिठु अध्यक्ष पदमा विजयी हुनुभएको छ ।
नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलबाट अध्यक्ष पदमा उमेदवारी दिनु भएका यम बहादुर खत्री मिठुले ८ सय ५४ मत प्राप्त गरी विजयिहुनु भएको हो । उहांका प्रतिद्धन्द्धी नेकपा समर्थीत प्यानलका गोविन्द प्रसाद पौडेलले ६सय ५७मत प्राप्त गर्नु भएको छ । 

त्यसैगरी नेकपा प्यानलको उपाध्यक्ष पदका रामनारायण चौधरी थारुले ७ सय ५७ मत प्राप्तगरी उपाध्यक्ष पदमा विजय हुनु भएको छ उहांका प्रतिद्धन्द्धी नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलका जमुना आचार्यले ७ सय १६ मत प्राप्त गर्नु भएको छ । सचिवमा नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलका सरद पौड्यालले ८ सय १२ मत प्राप्त गर्नु भएको छ ।भने उहांका प्रतिद्धन्द्धी नेकपा प्यानलका सचिव पदका हेमलाल न्यौपानेले ६ सय ४७ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी कोषाध्यक्ष पदमा सिर्जना थापाले ८ सय ५२ मत प्राप्तगरी विजय हुनुभएको छ । भने उहांका प्रतिद्धन्द्धी लक्ष्मी रेग्मीले ५ सय ९८ प्राप्त गर्नु भएको छ । दलित सदस्यमा हरि बहादुर दमाईले ८ सय ३३ मत प्राप्त गर्नु भै विजयि हुनु भएको छ । विजय हुनेमा यमकला पुन तारा ८सय ३२,चन्द्र कुमारी थापा मरासिनाले ं८ सय २५,विष्णु माया सुवेदीले ६ सय ८१,सन्तोष लामिछानेले ५ सय १४ र ऋषिराम काफ्ले ६ सय ३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लेखा समिति तर्फ कर्ण बहादुर खत्रीले ४ सय ५६ र सदस्यमा मिना सुवेदीले ६ सय ७८र प्रेम बहादुर रानाले ६सय ६९ मत प्राप्त गर्नु भएको छ । निर्वाचनमा १ हजार ६ सय २८ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.