Jilla Ban Notis

पछाडी परेका शोषित उत्पीडित पिछडाबर्गको समस्या समधान गर्ने छु ःअधिकारी

0 72

गौरीशंकर जयसवाल

परासी १ मंसिर । नवलपरासी क्षेत्र २का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र कुमार अधिकारीले यस क्षेत्रका पछाडी परेका शोषित उत्पीडित पिछडाबर्गको अन्य समस्या समधान गर्ने बताए । उनले यसक्षेत्रमा किसानहरुको जटिल समस्या रहेकोले त्यसको निराकरन गर्न उनीहरुको जिवान उकास्ने बताए । उनले दक्षिण क्षेत्र जनता अशिक्षीत र बेरोजगार समस्या देखीएकोले त्यसको समस्या समधान गर्ने बताए ।

अफनो निर्वाचन क्षेत्र पाल्हीन्दन गाउँपालिकको महेशपुर चोक कोणसभामा बोल्दै बिद्यालयहरुमा भौतिक पूर्वाधार बिकास गरी शैक्षिक गुणस्तर कायम गरी यहाँ जनताहरुलाई शिक्षीत बनाउने अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एमाले जिल्ला अध्यक्ष समेत रहेका अधिकारीले युवाहरुको बेरोजगारीको समस्या रहेकोले त्यसको निराकन गर्नको लागि स्थानिय स्तरमा रोजगारी सिजर्ना गर्न बातावरण मिलाउने बताए ।

अधिकारीले यहाँका सडक बिस्तारलाई पूर्णता दिने , स्वास्थ्य सुविधा, शुद्ध खानेपानी व्यवस्था गर्ने ,बताए । विश्व सम्पदा सुचीमा परेको ऐतिहासिक पुरातात्विक एवं धार्मिकस्थल रामग्राम स्तुपालाई विकास गर्न सके जनताको जिवन उकास्ने सकिने अधिकारीको भनाई थियो ।

ओझेलमा परिरहेको स्तुपको विकास र प्रवद्र्धनका लागि कुनै तहबाट ठोस पहल नभएको हुँदा यसको विकासका लागि लुम्बिनीसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.