Jilla Ban Notis

नेपाल मगर संघ नगर समिति सुनवलको तयारी बैठक सम्पन्न ।

0 29

अमृता सुनार

सुनवल,माघ २७
नेपाल मगर संघको ३८ औ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ नगर समिति सुनवलको तयारी बैठक सुनवल नगरपालिका वडा नम्बर १३ सुन्दर बस्तीको गण महाबिर बौद्ध बिहारमा सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा भएको तयारी बैठक मा नेपाल मगर बौद्ध सेवा संघका जिल्ला अध्यक्ष रमेश राना मगर, वडा नम्बर १२ का वडा सदस्य बल बहादुर थापा मगर,नेपाल मगर संघ  साबिक रामनगर गाउँ समितिका अध्यक्ष कुल बहादुर राना मगरको बिशेष उपस्थितिमा सम्पन्न तयारी बैठकमा बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त तयारी बैठक बाट विभिन्न प्रस्ताव माथी छलफल बिभिन्न उप समिती गठन भएको छ । प्रचार प्रसार उप समिती, आर्थिक संकलन समिती, चिट्ठा बितरण समिती, भलिबल खेलकुद समिती र विभिन्न खेलकुद उपसमिती गठन गरिएको नेपाल मगर संघ नगर समितिका अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.