Jilla Ban Notis

नेकपा माओवादी केन्द्र नवलपरासीको तेस्रो पूर्ण बैठक सम्पन्न् ।

0 53

कृष्ण ढकाल
बर्दघाट, भदौ–५
नेकपा माओवादी केन्द्र नवलपरासीको तेस्रो पूर्ण बैठक आज पाल्हिनन्दनमा सम्पन्न् भएको छ । पार्टीका जिल्ला अध्यक्ष रामानन्द यादवको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल (बलदेव)को प्रमुख आतिथ्यतामा सम्पन्न् भएको छ ।

बैठकले पार्टी संगठानीक कार्यबिभाजन र आर्थिक पक्षका बिषयमा घनिभुत छलफल गरेर निश्कर्षमा पुगेको जिल्ला अध्यक्ष रामानन्द यादवले जानकारी गराउनु भएको छ ।

बैठकले पश्चिम नवलपरासी जिल्लाको संघिय निर्वाचन क्ष्ँेत्रनम्वर १ मा भिमसेन थापा र क्ष्ँेत्र नम्वर २ मा गोपि ज्ञवालीलाई ईन्चार्जका रुपमा जिम्मेवारी प्रदान गरेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्वर १ (क) मा डिबि थापा र १ (ख) मा बासुदेव महतोलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरेको जिल्ला अध्यक्ष यादवले बताउनु भएको छ । उता निर्वाचन क्षेत्र नम्वर २ (क) मा कविता वि.क लाई ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ भने २(ख) मा पछि जिम्मेवारी तोक्नेगरी आजको बैठक समापन गरीएको जिल्ल अध्यक्ष यादवले बताउनु भएको छ ।

आज भएको पार्टी बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनाल (बलदेव)ले आगामी निर्वाचनमा पनि पुरानो गठवन्धनलाई यथावत राख्ने गरी अघिबढ्न निर्देशन गर्नुृ भएको थियो । उहांले अब ५ बर्ष यहि गठबन्धनको सहकार्य र एकता कायम रहनेमा आफु विश्वस्त रहेको बताउदै निर्धक भएर निर्वाचनमा लाग्न निर्देशन गर्नु भएको थियो ।
बैठकमा पोलिटब्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज धनश्याम यादव,केन्द्रिय सदस्य तथा सह–ईन्चार्ज सिता बौडेल, केन्द्रिय सदस्य दुल्हारी हरिजन,भवीस्व तिवारी,राजु प्रसाद हरिजन,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल,प्रदेश कोषाध्यक्ष निर्दोश अ्िल लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.