Jilla Ban Notis

नितिगत रुपमा आर्थिक अनियमितता भएको भन्दै छानविनको माग ।

0 41

कृष्ण ढकाल
बर्दघाट,मंसीर–११
कम्प्यूटर तथा प्रोजेक्टर खरीद प्रक्रियामा नितिगत रुपमा आर्थिक अनियमितता भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन दिब्य ज्योती बहुमुखि क्याम्पस चिसापानीले छानविनको माग गरेको छ । यूनियनका अध्यक्ष प्रकाश पाण्डे र सचिव केदार चौधरीले आज संयुक्त रुपमा विज्ञप्ती जारी गरी छानविनको माग गरेका छन् ।
नवलपरासीको बर्दघाट–२ चिसापनीमा रहेको दिब्य ज्योती बहुमुखि क्याम्पसमा केहि महिना अगाडी भएको टेन्डर प्रक्रियामा नितिगत रुपमा नै आर्थिक अनियमितता हुनेगरी क्याम्पस प्रमुखको प्रत्यक्ष सहभाागितामा आर्थिक अनियमितता भएको यूनियनले आरोप लगाएको छ ।

यता दिब्य ज्योती बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख विष्णु लम्सालले त्यस्तो कुनै पनि अनियमित नभएको बताउदै क्याम्पसमा जिम्मेवारी हेरफेर गर्ने बेला आएका कारण यस प्रकारकाो हल्ला गरीएको बताउनु भएको छ । उहांले कम्प्यूटर तथा प्रोजेक्टर खरीद गर्दा ३ सदस्य खरीद समिति र प्राविधिक समेत रहेको जस्मा ४ वटा कोसन परेको बताउदै त्यो कुनै पनि वेला हेर्न सकिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.