Jilla Ban Notis

नारायणी नदिको घोलामा डुङ्गा डुब्दा तीन जनाको मृत्यु

0 48

बर्दघाट,कार्तिक–१५
नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ गोकुलनगर स्थित नारायणी नदिको घोलामा डुगां डुब्दा तीन जनाको मृत्यु भएको छ । नसर्ही खोलाको घोलमा डुङ्गा डुब्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनु भएको छ। सुस्ता गाउँपालिका वडा नं.४ मा पिकनिक खान गएका ७ जना युवाहरु मध्ये ५ जना चढेको डुगां दुर्घटना हुदा सुस्ता गाउंपालिका ४ का २२ वर्षिय गुडडु हरिजन ,सोही स्थानका १८ बर्षीय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनु भएको छ।
डुंगामा सवार ३ जना घाईते भएका छन् । घाईते हुनेमा २२ वर्षिय किशोर हरिजन , सोहीत सहानी घाईते छन् । पिकनिक जान गएका युवाहरु चढेको डुंगा डुबेको हो । नारायणी नदीनदीको घोलामा डुंगा डुबेको प्रहरीले जनाएको छ । ङु्गा सोमवार साँझ ६ः३० बजे दुर्घट्ना भएको थियो ।

Leave A Reply

Your email address will not be published.