Jilla Ban Notis

नागरीक समाज बलियो बनाए मात्र मानव अधिकारलाई संस्थागत गर्न सकिन्छ ः खनाल

मानव अधिकार शान्ति समाज नवलपरासीको अध्यक्षमा गणेश न्यौपाने

0 171

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२०

देशमा नागरीक समाज बलियो बनाएर मानव अधिकारलाई संस्थागत गर्नसकियो भने बल्ल लोकतन्त्रलाई संस्थागत गर्न सकिने मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति गोविन्द खनालले बताउनु भएको छ ।

मानव अधिकार तथा शान्ती समाज नवलपरासीको २२ औं बार्षीक साधारण सभा तथा १२ औं जिल्ला अधिबेशनको समुद्घाटन कार्यक्रममा बोल्दै खनालले उक्त कुरा बताउनु भएको हो । उहांले जनताले प्राप्त गरेको परिवर्तनलाई स्थायित्व गराउन र देशका हरेक राजनितिक दलहरुलाई बलियो बनाउनको निम्ति नागरिक समाजलाई पनि बलियो बनाउनुमा जोड दिनु भएको थियो ।

सभापति खनालले अहिलेको अवस्थामा राज्य ब्यवस्था माथि नै वाहिय शक्तिवाट प्रहार भईरहदा राज्य ब्यबस्था नै खतरामा पर्न सक्ने भएकाले त्यसको रक्षाका लागि देशका सम्पूर्ण नागरिक समाज ,बौद्धिक ब्यक्तित्व लगायतका सबै नगरिकहरु सचेत हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । अहिलेको अवस्थामा आगामि मंसीर ४ मा हुने निर्वाचनलाई शान्तीपुर्ण रूपमा सम्पन्न गर्न र मानव अधिकारको रक्षा तथा समाजमा शान्ती स्थापना गर्न मानव अधिकार शान्ति समाजका ब्यक्तीहरुले उल्लेखनिय भुमिका निर्वाह गर्नु पर्ने बताउनु भएके थियो ।

मानव अधिकार शान्ति समाज नवलपरासीका जिल्ला सभापति सन्तोष अधिकारीको अध्यक्षता , सचिव गणेश न्यौपानेको संचालन र उपाध्यक्ष दिनेश न्यौपाने स्वागत मन्तब्यवाट शुरु भएके कार्यक्रममा मानव अधिकार तथा शान्ती समाज नवलपरासीका पुर्व सभापती ,कुलदिप प्रसाद आचार्य केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठ ,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमी लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रम मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति बिनोद खनालको प्रमुख अतित्थयतामा सम्पन्न् भएको थियो ।
मानवका अधिकार तथा समाजमा शान्ती स्थापनार्थ २०५३ जेठ १९ गते स्थापना भएको यससंस्थाको अहिल सम्म नेपालका ३९ वटा जिल्लाशाखाहरु स्थापना भैरकेका छन भने केहि जिल्लामा शाखा स्थापनाको तयारी भैरहेको मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति गोविन्द खनालले बताउनु भएको छ ।

मानव अधिकार शान्ति समाज नवलपरासीको अध्यक्षमा गणेश न्यौपाने

मानव अधिकार शान्ति समाज नवलपरासीको शनिवार बर्दघाटमा भएको १२ औं अधिवेशनबाट गणेश गणेश न्यौपानेको भिापतित्वमा ११ सदस्य जिल्ला कार्यसमिती गठन भएको छ । जस्को उप–सभापतिमा दिनेश न्यौपाने,सचिवमा शिव पौडेल,सह–सचिवमा योगेन्द्र भट्टराई, र कोषाध्यक्षमा डिक बहादुर पाण्डे चयन हुनुभएके छ ।
त्यसैगरी सदस्यमा सानु माया भट्टराई, निवास यादव, श्रीधर तिवारी, संगीत सुबेदी, भोज राज पौडेल र देवि कँडेल चयन हुनु भएको अध्यक्ष गणेश पाण्डेले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.