Jilla Ban Notis

नव एकता वचत तथा ऋण सहकारी संस्थाले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा १५ हजार १ रुपैया जम्मा गर्यो ।

0 16

फुल कुमारी ढकाल
बर्दघाट,चैत्र–२६
बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा नव एकता  वचत तथा ऋण सहकारी संस्था बर्दघाट १२ जमुनियाले १५ हजार १ रुपैया आर्थिक सहयोग गरेको छ ।  कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले उक्त आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष वेद प्रसाद पौडेलले बताउनु भएको छ । बुधवार संस्थाका सञ्चालक समिति सदस्य बाबु राम  पौडेल र ब्यवस्थापक टुकेन्द्रमणि नेपालले बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेललाई उक्त सहयोग रकमको चेक हस्थान्त्रण गर्नु भएको थियो । नव  एकता  वचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरुको तर्फवाट उक्त रकम सहयोग गरीएको
संस्थाका सञ्चालक समिति सदस्य बाबु राम  पौडेलले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.