Jilla Ban Notis

नवलपरासी औद्योगिक व्यापार मेलाको दोस्रो दिन उत्साहजनक उपस्थिति ।

0 57

मोहन पौडेल

परासी, ४ मंसिर

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा मंगलबारदेखि शुरु भएको नवलपरासी औद्योगिक व्यापार मेला २०७६ को दोस्रो दिन दर्शकहरुकोे उत्साहजनक उपस्थिति भएको छ । नवलपरासी उद्योग वाणिज्य संघको आयोजना तथा रामग्राम नगरपालिकाको संरक्षकत्वमा सञ्चालन भईरहेको मेलामा राष्ट्रिय स्तरका चर्चित कलाकारहरु कमल खत्री, मेलोडि गायक रमेश श्रेष्ठ, हास्य कलाकार धावा लामा,भोजपुरी कलाकार सन्तोषराज, सेलिना कुंवर सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति भएको मेलाका प्रवक्ता गिरीराज पाण्डेले जानकारी दिनुभयो । यसैगरी मेलामा भोली तेस्रो दिन चर्चित भोजपुरी गायक भरत भोजपुरीया र चर्चित नेपाली गायक अर्जुन कौशलसहितका राष्ट्रिय तथा हमार भोजपुरी फिल्मी दुनियासहितका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक तारा आचार्यले जानकारी दिनुभयो । औद्योगिक व्यापार मेलामा करिव डेढ सय स्टल रहेका छन् । विशेष आकर्षणको रुपमा भोजपुरे खुकुरी, पाल्पाली सुन्तला, पाल्पाली ढाका, कृषि प्रदर्शनी, लघु उद्यमीका उत्पादन, हस्तकला, छाला तथा जुत्ताचप्पल, कपडा लगायतका व्यवसायिक स्टलहरु दर्शकको आकर्षणमा परेका छन् ।मेलामा नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्षलाई समेत मध्यनजर गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रवेशद्धार पशुपति नाथ मन्दिरको झल्को दिने गरी बनाईएको छ भने रामग्राम स्तुपको प्रवद्र्धनका लागि रामग्राम स्तुपको आकृत्ति  तथा मायादेवी मन्दिर पनि निर्माण गरिएको आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो । मंसिर १५ गतेसम्म सञ्चालन हुने मेलाको मंगलबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.