Jilla Ban Notis

नवलपरासीमा सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम प्रभावकारी बन्दै

0 20

गौरीशंकर जयसवाल

परासी ११ फागुन
पश्चिम नवलपरासीमा सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम प्रभावकारी रहेको पाईएको छ । पश्चिम नवलपरासीको पाँच वटा स्थानिय तहको स्वास्थ्य चौकीमा ग्रिन तारा नेपाल परियोजनाले संचालन गरेको सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम प्रभावकारी रहेको पाईएको हो ।

सुत्केरी महिलाहरुलाई लक्षित गरी संचालन गरेको परियोजना कार्यक्रमको जिल्लास्थित अनुगमन समितीले अनुगमनको क्रममा कार्यक्रम प्रभावकारी रहेको जिल्ला अनुगमन समिती एव जिल्ला समन्वय समीतीका प्रमुख शिवशंकर रायले बताए ।

उनले भने स्थानिय तहमा प्रसुती गृह सेन्टर नहुदाँ यहाँका सुत्केरी महिलाहरु परासी बुटवल जानु पर्ने अवस्था भएको तर स्थानिय तहमा प्रसुती गृह स्थापना भएपछि धेरै सहज भएको बताए । सुरक्षित सुत्केरी सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका महिलालाई अप्ठेरो परेको अवस्थामा यो कार्यक्रम संचालन भएपछि त्यस्ता घटनामा कमी आएकोले कार्यक्रम प्रभावकारी देखिएको रायले बताए ।

सडक यातायात पहुँच नभएकोले पनि स्थानिय तहमा प्रसुती गृह सेन्टर स्थापना भएपछि गर्भवती महिलाहरुलाई सहज भएको स्थानियले बताएका छन । परियोजनाले आमा समूह बनाएर स्थानीय तहका स्वास्थ्य चौकीमा सुत्केरी महिलाहरु सुरक्षित हुन ती आमा समूहले पूर्व सुचना दिने गर्ने गरेको परियोजनाका जिल्ला संयोजक कोपिला श्रेष्ठले जानकारी दिईन । उनका अनुसार पाल्हीन्दन गाउँपालिका,बर्दघाट नगरपालिका,सरावल गाउँपालिका,सुस्ता गाउँपालिका,प्रतापपुर गाउँपालिकाहरुको ९ वटा प्रसुती केन्द्रहरुमा सुरक्षित मातृत्व र सुरक्षित प्रसुती कार्यक्रम संचालनमा रहेको बताईन ।

सुरक्षित सेवा गुणस्तर बनाउनको लागि परियोजनाले आनमी हेल्पर कर्मचारी समेत दिएको जानकारी दिदै श्रेष्ठले ९ वटा प्रसुती गृहमा आवश्यक पर्ने मेडिकल औजारहरु पनि उपलब्ध गराउदै आएको बताईन ।

परियोजनाले कार्यक्रम संचालन गरेपछि प्रसुती गृह सुत्केरी गराउने सख्यमा पनि बृद्धि भएको छ । बर्दघाट नगरपालिकाको माकर स्वास्थ्य चौकी गत बर्ष तुलनामा यसबर्षमा सुरक्षित सुत्केरी गराउने सख्यामा बृद्धि भएको जस्मा गत बर्ष २५ यसबर्षको माघ सम्मा ६३ जनाले गर्भवतीमहिलाहरु सुत्केरी भएको परियोजनाले जनाएको छ ।
त्यस्तै प्रतापपुरको ठूलोखैरटहवामा गतबर्षमा १०४ जना र यसबर्षमा ९१ जना सुरक्षित सुत्केरी प्रसुती गृहमा भएको स्वास्थ्य चौकीले जनाएको छ ।
अनुगमनमा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण पोखरेल,जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर राय, जिल्ला समन्वय समितीका उपप्रमुख अब्दुल रहमान चुरिहार,पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.